माघ ९, २०८२ शुक्रबार | ००:३३:१३
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः प्याराग्लाइडिङ पोखराबाट अन्यत्र नसार्न खेलाडीहरुको चेतावनी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ पोखराबाहेक अन्यत्र सञ्चालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले सुरक्षासहित अन्य कारणले गर्दा यसलाई पोखराबाट अन्यत्र सञ्चालन गरे बहिष्कार गर्नेसमेत चेतावनी दिएका हुन् ।

साहसिक खेल प्याराग्लाइडिङको लागि पोखरामा विश्वकै उत्कृष्ट ५ मध्येको एकमा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अन्य ठाँउमा लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए ।

‘केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ । तर, यस खेल सञ्चालन गर्दा जति सक्दो सुरक्षित र प्राविधिक हिसावले पनि नेटवर्क भएको स्थानमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ विजयले भने ।

कुनै कारणवश दुर्घटना भएमा पोखराबाहिर हुँदा समयमै खेलाडीहरुको उद्दारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत समस्या हुने भएको अर्को प्याराग्लाइडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल र केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालिन अवस्थामा प्याराग्लाइडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहरीले स्वरेकमा ठूला ठूला पहाड र हावाको चाप बढी हुँदा नेटवर्कमा समेत समस्या हुने, उद्धारमा सात, आठ घण्टा भन्दा बढी समय लाग्ने हुँदा पोखराको विकल्पमा अन्य प्याराग्लाइडिङ प्रतियोगिता हुन कठिन हुने बताए ।

प्रशिक्षक एवम् हवाई खेलकुद संस्था नाका पूर्वअध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखराभन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि अहिलेको अबस्थामा अन्य ठाँउ प्याराग्लाइडिङको उपयुक्त स्थान नहुने दाबी गरे । कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उनले चुनौती समेत दिए । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खेल मैदान व्यवस्थापन उपसमिति संयोजक एवम् राखेपका सदस्य राजेशकुमार गुरुङले कुनै पनि प्रतियोगिता सञ्चालनका लागि सुरक्षा पहिलो प्राथामिकतामा रहने भएकाले त्यसमा खेलाडीहरुले विरोध गरेको स्थानमा खेल सञ्चालनका लागि आफूले सिफारिस नगर्ने बताए । उनले अबको केही दिनमा ३६ खेलहरु कहाँ कहाँ हुने त्यसको टुंगो लगाउने अन्तिम तयारी भएको  जनाए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate