चैत्र १३, २०८२ शुक्रबार | ०६:१६:४०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः प्याराग्लाइडिङ पोखराबाट अन्यत्र नसार्न खेलाडीहरुको चेतावनी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ पोखराबाहेक अन्यत्र सञ्चालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले सुरक्षासहित अन्य कारणले गर्दा यसलाई पोखराबाट अन्यत्र सञ्चालन गरे बहिष्कार गर्नेसमेत चेतावनी दिएका हुन् ।

साहसिक खेल प्याराग्लाइडिङको लागि पोखरामा विश्वकै उत्कृष्ट ५ मध्येको एकमा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अन्य ठाँउमा लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए ।

‘केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ । तर, यस खेल सञ्चालन गर्दा जति सक्दो सुरक्षित र प्राविधिक हिसावले पनि नेटवर्क भएको स्थानमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ विजयले भने ।

कुनै कारणवश दुर्घटना भएमा पोखराबाहिर हुँदा समयमै खेलाडीहरुको उद्दारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत समस्या हुने भएको अर्को प्याराग्लाइडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल र केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालिन अवस्थामा प्याराग्लाइडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहरीले स्वरेकमा ठूला ठूला पहाड र हावाको चाप बढी हुँदा नेटवर्कमा समेत समस्या हुने, उद्धारमा सात, आठ घण्टा भन्दा बढी समय लाग्ने हुँदा पोखराको विकल्पमा अन्य प्याराग्लाइडिङ प्रतियोगिता हुन कठिन हुने बताए ।

प्रशिक्षक एवम् हवाई खेलकुद संस्था नाका पूर्वअध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखराभन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि अहिलेको अबस्थामा अन्य ठाँउ प्याराग्लाइडिङको उपयुक्त स्थान नहुने दाबी गरे । कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उनले चुनौती समेत दिए । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खेल मैदान व्यवस्थापन उपसमिति संयोजक एवम् राखेपका सदस्य राजेशकुमार गुरुङले कुनै पनि प्रतियोगिता सञ्चालनका लागि सुरक्षा पहिलो प्राथामिकतामा रहने भएकाले त्यसमा खेलाडीहरुले विरोध गरेको स्थानमा खेल सञ्चालनका लागि आफूले सिफारिस नगर्ने बताए । उनले अबको केही दिनमा ३६ खेलहरु कहाँ कहाँ हुने त्यसको टुंगो लगाउने अन्तिम तयारी भएको  जनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो