चैत्र १७, २०८२ मंगलबार | १२:०४:०६
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

काठमाडौं । भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाडका लागि छनोट खेल बुधबार सुरु भयो । काठमाडौंको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन् । पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरीयताका विवेक थीङ स्वतः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् ।

यसै गरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुनेछन् । 

छनोट खेलको बाग्मती प्रदेशका खानेपानी, उर्चा तथा सिचाई मन्त्री वसन्त मानन्धरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बुद्धीचाल संघका केन्द्रिय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धीचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रविण भडेँलको उपस्थिती थियो । 

पहिलो चरणमा शीर्ष वरीयताका खेलाडी रुपेस जययवाल विचको खेल बराबरीमा सकियो । यसैगरी, फीडे मास्टर क्षितिज भण्डारीले प्रकास नेपाललाई हराए । अर्को खेलमा सुरबीर लामाले सजिन मर्हजनसंगको खलमा जित हात पारे । मनीष हमालले कृष्ण थापा तथा मिलन लामाले सुसील चौधरीलाई हराए । 

महिला तर्फको खेलमा कृत्तीसरा अधिकारीले खुस्बु थापा, शान्ती धिमालले आभा पुडासैनी तथा अनिसा न्यौपानले पूर्णीमा गुरुङलाई हराए । यसैगरी बिनिता पालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो