चैत्र ८, २०८२ आइतबार | ०३:५२:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बागमती प्रदेश खेलकुद तालिका सार्वजनिक

मकवानपुर । बागमती प्रदेशले प्रदेशस्तरिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा फागुन २८ गते हुने खेलकुद प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नेछन् ।

मुल आयोजक कमिटिले सार्वजनिक गरेको खेल तालिकाअनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । मकवानपुरको पिप्ले क्याम्पा रंगशालामा फाल्गुन २९ देखि पुरुष फुटबल, थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि ब्याड्मिन्टन हुनेछ, भने  भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुने तालिका छ । त्यस्तै, चितवनमा चैत्र ३० गतेदेखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

काठमाडौंको दशरथ रंगशालामा चैत्र ६ गतेदेखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रले पाएको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा सुरु हुँदा चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ ।

सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ उपसमिति र आठ प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ नौ सय ३९ र पुरुषतर्फ एक हजार दुई सय ४९ गरि कुल दुई हजार एक सय ८८ जना खेलाडीले आ–आफ्नो विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यसबाहेक, अफिसियल र निर्णायकमा संख्या चार सय ५६ जना रहने छन् ।

प्रतियोगितामा करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो