माघ १८, २०८२ आइतबार | १४:३४:५७
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

बागमती प्रदेश खेलकुद तालिका सार्वजनिक

मकवानपुर । बागमती प्रदेशले प्रदेशस्तरिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा फागुन २८ गते हुने खेलकुद प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नेछन् ।

मुल आयोजक कमिटिले सार्वजनिक गरेको खेल तालिकाअनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । मकवानपुरको पिप्ले क्याम्पा रंगशालामा फाल्गुन २९ देखि पुरुष फुटबल, थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि ब्याड्मिन्टन हुनेछ, भने  भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुने तालिका छ । त्यस्तै, चितवनमा चैत्र ३० गतेदेखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

काठमाडौंको दशरथ रंगशालामा चैत्र ६ गतेदेखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रले पाएको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा सुरु हुँदा चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ ।

सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ उपसमिति र आठ प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ नौ सय ३९ र पुरुषतर्फ एक हजार दुई सय ४९ गरि कुल दुई हजार एक सय ८८ जना खेलाडीले आ–आफ्नो विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यसबाहेक, अफिसियल र निर्णायकमा संख्या चार सय ५६ जना रहने छन् ।

प्रतियोगितामा करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।