माघ १६, २०८२ शुक्रबार | ०९:५४:५४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

सुटिङ प्रशिक्षण हलको उद्घाटन

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन भएको छ ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे । नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ ।

प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर सुटिङ रेन्जमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण र प्रतियोगिताका लागि प्रयोग गरिने भएको छ । हल पहिलेदेखि त्यहाँ भएपनि प्रशिक्षणको आन्तरिक व्यवस्थापन सुटिङ संघले गरेको हो ।

 त्यसका लागि करिब ५० लाख रुपैयाँ खर्चको सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । सोही अवसरमा सुटिङ संघको पहलमा एसियाली सुटिङ महासंघबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो । सुटिङ महासंघबाट प्राप्त ३–३ थान राइफल र पेस्तोल तथा ‘स्पेयर पार्ट्स’ सुटिङ संघलाई हस्तान्तरण गरियो ।

अध्यक्ष श्रेष्ठकी माता यमुनादेवी श्रेष्ठले पनि १५ हजार थान जर्मनी गोली उपहार स्वरुप सुटिङ संघलाई प्रदान गरिन् । त्यसै अवसरमा प्रशिक्षण हलको निर्माण कार्यमा सहयोग गर्ने त्रिलोचन श्रेष्ठ, प्रदीप खाती, राजेशबहादुर श्रेष्ठ, ध्रुवविक्रम शाह, उपेन्द्र थापा र श्यामकृष्ण महर्जनलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे । कुमार दर्शन मेमोरियल फाउन्डेसनले पारा खेलाडीको सहजताका लागि ३ थान डिलक्स ह्व्लि चेयर सहयोग स्वरुप प्रदान गरेको छ ।

फाउन्डेसनका अध्यक्ष राजु दर्शनले उक्त सामाग्री अध्यक्ष श्रेष्ठलाई प्रदान गरे । सुटिङ संघका अध्यक्ष श्रेष्ठले संघले नेपाल, भारत र भुटान सम्मिलित राष्ट्रको मैत्रीपूर्ण प्रतियोगिता गर्ने तयारी गरिरहेको बताउँदै खेल सामाग्री उपलब्ध गराएकोमा एसियाली महासंघलाई धन्यवाद दिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।