चैत्र ७, २०८२ शनिबार | ०६:४४:४२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सुटिङ प्रशिक्षण हलको उद्घाटन

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन भएको छ ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे । नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ ।

प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर सुटिङ रेन्जमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण र प्रतियोगिताका लागि प्रयोग गरिने भएको छ । हल पहिलेदेखि त्यहाँ भएपनि प्रशिक्षणको आन्तरिक व्यवस्थापन सुटिङ संघले गरेको हो ।

 त्यसका लागि करिब ५० लाख रुपैयाँ खर्चको सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । सोही अवसरमा सुटिङ संघको पहलमा एसियाली सुटिङ महासंघबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो । सुटिङ महासंघबाट प्राप्त ३–३ थान राइफल र पेस्तोल तथा ‘स्पेयर पार्ट्स’ सुटिङ संघलाई हस्तान्तरण गरियो ।

अध्यक्ष श्रेष्ठकी माता यमुनादेवी श्रेष्ठले पनि १५ हजार थान जर्मनी गोली उपहार स्वरुप सुटिङ संघलाई प्रदान गरिन् । त्यसै अवसरमा प्रशिक्षण हलको निर्माण कार्यमा सहयोग गर्ने त्रिलोचन श्रेष्ठ, प्रदीप खाती, राजेशबहादुर श्रेष्ठ, ध्रुवविक्रम शाह, उपेन्द्र थापा र श्यामकृष्ण महर्जनलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे । कुमार दर्शन मेमोरियल फाउन्डेसनले पारा खेलाडीको सहजताका लागि ३ थान डिलक्स ह्व्लि चेयर सहयोग स्वरुप प्रदान गरेको छ ।

फाउन्डेसनका अध्यक्ष राजु दर्शनले उक्त सामाग्री अध्यक्ष श्रेष्ठलाई प्रदान गरे । सुटिङ संघका अध्यक्ष श्रेष्ठले संघले नेपाल, भारत र भुटान सम्मिलित राष्ट्रको मैत्रीपूर्ण प्रतियोगिता गर्ने तयारी गरिरहेको बताउँदै खेल सामाग्री उपलब्ध गराएकोमा एसियाली महासंघलाई धन्यवाद दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो