चैत्र ५, २०८२ बिहीबार | २३:२७:५०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

उर्जावान यात्राका सय दिन

नेपालमा खेलकुद पत्रकारितालाई मूलधार पत्रकारिताको रूप दिने उद्देश्यसहित यात्रा शुभारम्भ गरेको ‘खेलाडी डटकम’ ले आज सय दिन छोएको छ ।

व्यावसायिक कर्तव्य, सत्यतथ्य, निष्पक्षजस्ता पत्रकारिताका स्थापित मूल्य÷मान्यतालाई पथप्रदर्शक मान्दै पाइला सुरु गरेको खेलाडीका लागि पक्कै पनि वर्तमान समयमा त्यो ठूलो चुनौती थियो । किनकि कोभिड १९ को विश्वव्यापी महामारीले अरू क्षेत्रजस्तै खेलकुदलाई पनि तहसनहस पारेको अवस्था छ ।

हामीले भनेका थियौं, ‘खेलाडी डटकमले अभाव, दबाब र प्रभावको पत्रकारिता गर्दैन ।’ त्यसमा खरो उत्रनका लागि हामीलाई आदरणीय पाठक, विज्ञापनदाता अनि नेपाली खेलकुद क्षेत्रका सबै सरोकारवालाको गहिरो विश्वासले ठूलो सहयोग पुगेको छ । त्यसका लागि हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता र खेलकुदका सरोकारवालाहरूप्रति कृतज्ञ छौं ।

खेलाडी डटकम’ ले सुरुदेखि नै खेलकुदको बहुआयामिक महत्वको प्रवद्र्धन गर्ने प्रयासस्वरुप ताजा समाचार अपडेटसँगै नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद र खेलकर्मीका विषयमा नियमित गहन स्टोरीहरू पस्कँदै आएको छ । सप्ताहन्तमा बिदाको दिन ‘लिजर रिडिङ’ को रूपमा हामीले दिँदै आएको ‘शनिबारको दिन’ त्यही प्रयास हो ।

एउटा संस्थाका लागि सय दिने यात्रा भनेको सुरुआतमात्र हो । यही सुरुआती ऊर्जाले सयौं वर्षसम्म विधागत पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासमा सहयोगी भूमिका खेल्नुपर्नेछ । त्यसैले सय दिनको यात्रामा ‘खेलाडी डटकम’ कति खरो उत्रन सक्यो भन्ने मूल्यांकनको जिम्मेवारी हामी आदरणीय पाठकहरूप्रति समर्पण गर्न चाहन्छौं ।

सँगसँगै खेलकुदलाई उत्पादनमूलक क्षेत्रको रूपमा सुपरिचित गराउँदै यसलाई एउटा समृद्ध उद्योगको रूप दिने अभियानमा एउटा जिम्मेवार सञ्चारमाध्यमका लागि हामीले आफ्नो भूमिका राम्ररी बुझेका छौं । त्यो जिम्मेवारी ‘खेलाडी डटकम’ ले सधैं इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौं ।

फेरि पनि सय दिनको यो छोटो यात्रामा हामीलाई यति धेरै माया र विश्वास गर्नुहुने आदरणीय पाठकवर्ग, विज्ञापनदाताहरू र नेपाली खेलकुदका सरोकारवालाहरूप्रति ‘खेलाडी डटकम’ परिवार सदासर्वदा ऋणी रहनेछ । हामी इमान्दार र प्रतिबद्ध पत्रकारितामार्फत् त्यो ऋण तिर्नेछौं ।

यही सय दिनको अवसरमा नेपाली खेलकुदमा १०० अंकसँग जोडिएका केही सफलतालाई जोड्ने प्रयास गरेका छौं ।  

अजय फुयाल
प्रवन्ध सम्पादक


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो