चैत्र ७, २०८२ शनिबार | ०१:४१:१८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

राखेपका नौ बोर्ड सदस्यलाई मन्त्रालयको स्पष्टिकरण, बोर्ड सदस्य भन्छन् जानकारी छैन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद( राखेप) का नौ जना बोर्ड सदस्यसँग स्पष्टीकरण सोधेको छ ।

तर  केही बोर्ड सदस्यले भने आफूलाई यसबारे जानकारी नभएको दाबी गरेका छन् । 

‘मलाई यस बारे केही जानकारी छैन’, बोर्ड सदस्य गोविन्द प्रसाद भट्टराईले खेलाडीसँग भने, ‘मैले पनि भर्खरै संचारमाध्यमबाटै थाहा पाए । त्यसैले यस बारे बुझ्न राखेप जाँदैछु ।’

युवा तथा खेलकुद मन्त्रालयले कात्तिक २५ गते रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, गोपाल खनाल, गोविन्दप्रसाद भट्टराई, रिम रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसीलाई स्पष्टीकरण सोधेको थियो । 

यी नौ बोर्ड सदस्यलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादु्र विश्वकर्माले गत भदौमा नियुक्त गरेका थिए ।

यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बोर्ड सदस्यको राजिनामा कुरेर बसेको बताएका थिए ।

त्यस्तै निरौलाले पनि उनलाई सोधिएको स्पष्टिकरणबारे जानकारी नभएको बताइन ।

‘मैले तपाईबाट यो कुरा थाहा पाउँदै छु’, खेलाडीसँगको कुराकानीमा निरौलाले भनिन् , ‘मन्त्रालयको पत्र राखेप गएको होला । सायद त्यहाँबाट हामीलाई खबर आउँछ होला ।’

यसअघि मन्त्रालयले तत्कालीन सदस्य सचिव रेमश कुमार सिलवाललाई पनि स्पष्टीकरण सोधेको थियो । सिलवालबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै उनलाई कात्तिक १ गते बर्खास्त गरेको थियो । सिलवालले केही दिनअघि मात्र आफ्नो पुर्नवहालीको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो