माघ १७, २०८२ शनिबार | ०६:५९:५३
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

राखेपका नौ बोर्ड सदस्यलाई मन्त्रालयको स्पष्टिकरण, बोर्ड सदस्य भन्छन् जानकारी छैन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद( राखेप) का नौ जना बोर्ड सदस्यसँग स्पष्टीकरण सोधेको छ ।

तर  केही बोर्ड सदस्यले भने आफूलाई यसबारे जानकारी नभएको दाबी गरेका छन् । 

‘मलाई यस बारे केही जानकारी छैन’, बोर्ड सदस्य गोविन्द प्रसाद भट्टराईले खेलाडीसँग भने, ‘मैले पनि भर्खरै संचारमाध्यमबाटै थाहा पाए । त्यसैले यस बारे बुझ्न राखेप जाँदैछु ।’

युवा तथा खेलकुद मन्त्रालयले कात्तिक २५ गते रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, गोपाल खनाल, गोविन्दप्रसाद भट्टराई, रिम रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसीलाई स्पष्टीकरण सोधेको थियो । 

यी नौ बोर्ड सदस्यलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादु्र विश्वकर्माले गत भदौमा नियुक्त गरेका थिए ।

यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बोर्ड सदस्यको राजिनामा कुरेर बसेको बताएका थिए ।

त्यस्तै निरौलाले पनि उनलाई सोधिएको स्पष्टिकरणबारे जानकारी नभएको बताइन ।

‘मैले तपाईबाट यो कुरा थाहा पाउँदै छु’, खेलाडीसँगको कुराकानीमा निरौलाले भनिन् , ‘मन्त्रालयको पत्र राखेप गएको होला । सायद त्यहाँबाट हामीलाई खबर आउँछ होला ।’

यसअघि मन्त्रालयले तत्कालीन सदस्य सचिव रेमश कुमार सिलवाललाई पनि स्पष्टीकरण सोधेको थियो । सिलवालबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै उनलाई कात्तिक १ गते बर्खास्त गरेको थियो । सिलवालले केही दिनअघि मात्र आफ्नो पुर्नवहालीको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गरेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।