चैत्र ८, २०८२ आइतबार | ०१:५९:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्कीः आर्मी र पुलिस विजयी

काठमाडौं । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् ।

बिहिबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मीले कर्णाली तथा पुलिसले गण्डकी प्रदेशलाई पराजित गरेका हुन् ।

आर्मीले कर्णालीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीका रोमन रानाले ६, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ तथा रंजित राउत, देवसिंह धामीले समान१ गोल गरेका थिए ।

पुलिसले गण्डकीलाई ८-० ले हरायो । पुलिसका लागि महेश धामीले ५ तथा आयुष साह, केशव जोशी र रोहित लामाले समान १ गोल गरे ।

कोशी र मधेस प्रदेशले २- २ गको बराबरी खेल्दै समान एक अंक बाँडेका छन् । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले तथा मधेस प्रदेशका लागि पंकज दाहाल र राहुल साहले गोल गरे ।

आर्मी २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदा पुलिसले १ खेल जित्दै ३ अंक प्राप्त गरेको छ । यसैगरी कोसी र मधेस प्रदेशले समान एक  अंक जोडेका  छन् ।    

चैत २७ गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोसी प्रदेश, दोस्रो खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो