चैत्र ८, २०८२ आइतबार | १९:०२:२४
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

मदन भण्डारी जयन्तीको अवसरमा विभिन्न खेलका आठ प्रतियोगिता हुने

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ७१औं मदनजयन्तीको अवसरमा विभिन्न खेलका आठ प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा राष्ट्रव्यापी रुपमा खेलकुद आयोजना गर्ने उद्देश्यले एकेडेमीले देशका विभिन्न सात सहरमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक, विभिन्न खेलका प्रशिक्षक तथा अम्पायरलाई प्रशिक्षण तथा तालिम र तेक्वान्दो प्रतियोगिता गर्ने एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी थिए ।

भैरहवा, दमक, विरगंज र जनकपुरमा हुने ट्यालेन्ट हन्टसहित यु १४, १६, १८ प्रतियोगिता असार तीन गतेदेखि २० गतेसम्म चल्नेछ । उक्त खेलको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

काठमाडौंमा बुधबार र बुटवलमा शनिबारदेखि सुरु खुला कलेजस्तरीय भलिबल प्रतियोगिता हुनेछ । काठमाडौंमा हुने खेलमा छात्रहरुले र बुटवलमा हुने प्रतियोगितामा छात्रा र छात्र दुवैले प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त खेलको विजेताले समान एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी झापामा असार १८ गतेदेखि चौथो राष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता सुरु हुनेछ । खेल पुरुष र महिला दुवैतर्फ हुनेछ । प्रतियोगिताको लाइट वेटच्याम्पियनले ६० हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, महिला लाइट वेटतर्फको विजेताले ७० हजार, मिडल वेटको विजेताले ९५ हजार, हार्ड कोर च्याम्पियनले एक लाख र हेभी वेट च्याम्पियनले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बुटवलमा शनिबार र काठमाडौंमा मंगबारदेखि सुरु हुने विद्यालयस्तरीय बुद्धिचालमाको महिला र पुरुष विजेताले समान २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् ।

काठमाडौंमा बुधबारदेखि सुरु हुने अन्तर कलेज उपत्यकास्तरीय बास्केटबलको महिला र पुरुष विजेताले समान ५० हजार र २५ हजार रुपंैया पाउनेछन् । यसैगरी काठमाडौंमै शुक्रबारदेखि राष्ट्रिय स्तरको फुलकन्ट्याक कराते प्रतियोगिता हुनेछ । उक्त खेलको महिला र पुरुष विजेताले समान ५० हजार, उपविजेताले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । पुरुष ५५ केजीमुनिको विजेताले २५ हजार, उपविजेताले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथों हुने खेलाडीले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

ललितपुरमा सोमबारदेखि सुरु हुने उपत्यका स्तरीय तेक्वान्दोको महिला र पुरुष विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २०, १५ र १० हजार प्राप्त गर्नेछन् । विभिन्न खेलका प्रशिक्षक, व्यवस्थापक र रेफ्रीलाई काठमाडौंमा बुधबार प्रशिक्षण तालिम दिइनेछ ।

प्रतियोगिताको कुल एक करोड एक लाखको अनुमानित खर्च रहेको अध्यक्ष आचार्यले बताए । प्रतियोगिता आयोजना गर्नका लागि राखेपले ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । र, राखेपले २० लाख पेश्की दिइसकेको आचार्यले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो