माघ १६, २०८२ शुक्रबार | ११:०१:१७
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

मदन भण्डारी जयन्तीको अवसरमा विभिन्न खेलका आठ प्रतियोगिता हुने

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ७१औं मदनजयन्तीको अवसरमा विभिन्न खेलका आठ प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा राष्ट्रव्यापी रुपमा खेलकुद आयोजना गर्ने उद्देश्यले एकेडेमीले देशका विभिन्न सात सहरमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक, विभिन्न खेलका प्रशिक्षक तथा अम्पायरलाई प्रशिक्षण तथा तालिम र तेक्वान्दो प्रतियोगिता गर्ने एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी थिए ।

भैरहवा, दमक, विरगंज र जनकपुरमा हुने ट्यालेन्ट हन्टसहित यु १४, १६, १८ प्रतियोगिता असार तीन गतेदेखि २० गतेसम्म चल्नेछ । उक्त खेलको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

काठमाडौंमा बुधबार र बुटवलमा शनिबारदेखि सुरु खुला कलेजस्तरीय भलिबल प्रतियोगिता हुनेछ । काठमाडौंमा हुने खेलमा छात्रहरुले र बुटवलमा हुने प्रतियोगितामा छात्रा र छात्र दुवैले प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त खेलको विजेताले समान एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी झापामा असार १८ गतेदेखि चौथो राष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता सुरु हुनेछ । खेल पुरुष र महिला दुवैतर्फ हुनेछ । प्रतियोगिताको लाइट वेटच्याम्पियनले ६० हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, महिला लाइट वेटतर्फको विजेताले ७० हजार, मिडल वेटको विजेताले ९५ हजार, हार्ड कोर च्याम्पियनले एक लाख र हेभी वेट च्याम्पियनले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बुटवलमा शनिबार र काठमाडौंमा मंगबारदेखि सुरु हुने विद्यालयस्तरीय बुद्धिचालमाको महिला र पुरुष विजेताले समान २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् ।

काठमाडौंमा बुधबारदेखि सुरु हुने अन्तर कलेज उपत्यकास्तरीय बास्केटबलको महिला र पुरुष विजेताले समान ५० हजार र २५ हजार रुपंैया पाउनेछन् । यसैगरी काठमाडौंमै शुक्रबारदेखि राष्ट्रिय स्तरको फुलकन्ट्याक कराते प्रतियोगिता हुनेछ । उक्त खेलको महिला र पुरुष विजेताले समान ५० हजार, उपविजेताले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । पुरुष ५५ केजीमुनिको विजेताले २५ हजार, उपविजेताले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथों हुने खेलाडीले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

ललितपुरमा सोमबारदेखि सुरु हुने उपत्यका स्तरीय तेक्वान्दोको महिला र पुरुष विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २०, १५ र १० हजार प्राप्त गर्नेछन् । विभिन्न खेलका प्रशिक्षक, व्यवस्थापक र रेफ्रीलाई काठमाडौंमा बुधबार प्रशिक्षण तालिम दिइनेछ ।

प्रतियोगिताको कुल एक करोड एक लाखको अनुमानित खर्च रहेको अध्यक्ष आचार्यले बताए । प्रतियोगिता आयोजना गर्नका लागि राखेपले ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । र, राखेपले २० लाख पेश्की दिइसकेको आचार्यले बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।