काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ सम्म हुने प्रतियोगिताका लागि नेपाली टोली बुधबार क्वालालम्पुर जाने तालिका छ ।
प्रतियोगितामा एरिका गुरुङले ६८ केजीमाथिमा, वर्षा बुढा मगरले ५० केजीमुनिमा, सविना श्रेष्ठले ५५ केजीमुनिमा र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार बिदाइ गरे ।
भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
