श्रावण १४, २०८२ बुधबार | २१:४९:२२
एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

एरिका गुरुङ सम्मानित

काठमाडौं । कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङ तार्केश्वर नगरपालिकाबाट नगदसहित सम्मानित भएकी छन् ।

तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन,  उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे । कार्यक्रममा वडा-२ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो ।

मोरक्कोको राबतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौल समूहमा एरिकाले कांस्य पदकका लागि भएकाे भिडन्तमा एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरेकी थिइन् । उनी यो प्रतियोगितामा पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन् ।

एरिकाले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलिन् । तर उनी सेन्सुका आधारमा पराजित हुन पुगिन् ।

त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई पराजित गरेकी थिइन् ।

यो कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् ।

विश्व कराते महसंघको आयोजनामा हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081