चैत्र १४, २०८२ शनिबार | २०:३१:३८
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

खेलाडीलाई सचेत हुन एन्सेलोट्टीको आग्रह

मड्रिड । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरुलाई थप सचेत भएर खेल्न आग्रह गरेका छन ।

रियाल बिहीबार दुई गोलले पछि परेको स्थितीमा भियारियाललाई ३-२ ले हराउदै कोपा डेल रे को प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । 

आइतबार रियालले स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनालाई ३-१ को नतिजा सुम्पिएको थियो ।

भियारियालसँग पहिलो हाफमा २-० को पछि परेसँगै रियालको यात्रा अन्तिम १६ मा सीमित हुने संघारमा पुगेको थियो । 

खेलको चौथो मिनेटमै इटेनी कापोउले गरेको गोलमा भियारियालले अग्रता लिएको थियो । ४२औं मिनेटमा सामुयल चुक्वेजाले भियारियालको अग्रता दोब्बर पारेका थिए ।

५७औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले खेलमा फर्कके संकेत गरेको थियो । ६९औं मिनेटमा मिलिटियानोले रियाललाई खेलमा फर्र्काएका थिए । ८६औं मिनेटमा सेलावसले गरेको गोल रियालको जितमा पर्याप्त बन्यो ।

‘पहिलो हाफमा टोलीले गरेको प्रदर्शनमा म सन्तुष्ट छैन’, एन्सेलोट्टीले भने, ‘हामीले आक्रामक खेल खेल्दै जोखिम लिनै खोजेनौ । टोलीले दोस्रो हाफमा भने रणनिती अनुसारको खेल्दा जित सम्भव भयो । तर टोलीले ला लिगा र अन्य घरेलु प्रतियोगितामा गरेको लगातारको खराब प्रदर्शन महंगो पर्न सक्छ । त्यसैले समयमै सचेत हुन आवश्यक छ ।’

त्यस्तै बार्सिलोनाले एडी क्वेटा एफसीमाथि ५-० को सानदार जितसहित क्वार्टरफाइनलमा स्थान बनायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो