राष्ट्रिय महिला लिग

एन्फाले बी डिभिजन तथा महिला लिगका क्लबलाई छलफलमा बोलायो

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग र राष्ट्रिय महिला लिगका क्लबलाई छलफलका लागि बोलाएको छ ।


एन्फाले बी डिभिजन लिगको आयोजना तथा रोकएको महिला लिगको दोस्रो चरण सुरु गर्नका लागि छलफलका लागि बोलाएको हो ।

एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै बी लिगको क्लबलाई पुस २६ र महिला लिगको क्लबलाई पुस २७ गते बैठकका छलफलका लागि बोलाइएको जनाएको हो ।

बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे बस्नेछ । एन्फाले छलफलका लागि सबै क्लबलाई पत्र पठाइ सकिएको जनाएको छ ।

राष्ट्रिय महिला लिगको पहिलो चरण चितवनमा सम्पन्न भइसकेको छ । विराटनगरमा हुनुपर्ने लिगको दोस्रो चरण अहिले सम्म पनि हुन सकेको छैन ।