माघ १५, २०८२ बिहीबार | ०९:४८:४७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एन्फा विशेष साधारण सभा: अस्त-व्यस्त तरिकाले निर्वाचन सकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिलाई पूर्ण रुप दिन बुधबार बिहान सुरु भएको दुई सदस्य पदको निर्वाचनको मतदान सकिएको छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा जारी विशेष साधारण सभाको उद्घाटन समारोह बिना नै मतदान सुरु गरिएको थियो ।

उद्घाटन समारोहका लागि तयार गरिएको मञ्चमा राखिएको पानस समेत हटाएर अस्तव्यस्त रुपमा कार्यक्रम सुरु गरिएको भन्दै विरोध समेत भएको थियो । संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले ‘तीन प्रकारका विषयसूची भयो’ भनेर विरोध गरेका थिए ।

यद्यपि, चुनावमा कुल ८९ मत खसेको निर्वाचन समितिले बताएको छ । मताधिकार प्राप्त ४८ मध्ये ४७ जिल्ला, ए, बी र सी डिभिजन लिगका क्रमश १४, ११ र ९ क्लबहरुले मतदान गरेका छन् । यस्तै, महिला, रेफ्री, फुटबल खेलाडी र प्रशिक्षक संघसँगै राष्ट्रिय लिगमा छनोट भएर चार वर्षदेखि खेल्न नपाएका चार क्लबले पनि मतदान गरेका छन् ।

यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा ८७ मत मात्रै खसेको थियो । सिरहा र सिन्धुली जिल्लाको चुनावलाई एन्फाले मान्यता नदिँदा ती दुई जिल्ला र भक्तपुर मताधिकारबाट वञ्चित भएका थिए ।

आजको निर्वाचनले असार ६ गते समान ३९ मत पाएका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा तथा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका दीपेन्द्र धिमालमध्ये दुई जनालाई कार्यसमिति सदस्यमा चुन्ने छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।