चैत्र ७, २०८२ शनिबार | १८:५०:०१
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

एन्फा विशेष साधारण सभा: अस्त-व्यस्त तरिकाले निर्वाचन सकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिलाई पूर्ण रुप दिन बुधबार बिहान सुरु भएको दुई सदस्य पदको निर्वाचनको मतदान सकिएको छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा जारी विशेष साधारण सभाको उद्घाटन समारोह बिना नै मतदान सुरु गरिएको थियो ।

उद्घाटन समारोहका लागि तयार गरिएको मञ्चमा राखिएको पानस समेत हटाएर अस्तव्यस्त रुपमा कार्यक्रम सुरु गरिएको भन्दै विरोध समेत भएको थियो । संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले ‘तीन प्रकारका विषयसूची भयो’ भनेर विरोध गरेका थिए ।

यद्यपि, चुनावमा कुल ८९ मत खसेको निर्वाचन समितिले बताएको छ । मताधिकार प्राप्त ४८ मध्ये ४७ जिल्ला, ए, बी र सी डिभिजन लिगका क्रमश १४, ११ र ९ क्लबहरुले मतदान गरेका छन् । यस्तै, महिला, रेफ्री, फुटबल खेलाडी र प्रशिक्षक संघसँगै राष्ट्रिय लिगमा छनोट भएर चार वर्षदेखि खेल्न नपाएका चार क्लबले पनि मतदान गरेका छन् ।

यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा ८७ मत मात्रै खसेको थियो । सिरहा र सिन्धुली जिल्लाको चुनावलाई एन्फाले मान्यता नदिँदा ती दुई जिल्ला र भक्तपुर मताधिकारबाट वञ्चित भएका थिए ।

आजको निर्वाचनले असार ६ गते समान ३९ मत पाएका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा तथा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका दीपेन्द्र धिमालमध्ये दुई जनालाई कार्यसमिति सदस्यमा चुन्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो