काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड टिम (एनआरटी) क्लबलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले बुधबार पत्र पठाउँदै १० दिन भित्र सम्बन्धित वडा कार्यलयमा गइ घरजग्गा/सम्पत्ति कर र सोको जरीवाना र बहालमा लगाएको भए सम्झौतासहित उल्लेखित रकमो १० प्रतिशत बहाल कर तिर्न निर्देशन दिएको छ ।
तोकिएको मितिमा कर नतिरे महानगरको राजस्व ऐन २०७५ अनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ । एनआरटीसँगै आज महानगरले जारी गरेको सूचीमा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्स्योरेन्स, ग्लोबल ट्रेडिङ, पुजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, सान इन्टरनेसनल कलेज, वर्ल्र्ड ट्रेड सेन्टर, सिभिल मल, सिटिसी मल पनि उल्लेख छन् ।
यसअघि भदौ २३ गते यसरी नै रंगशालाको बहाल कर बुझाउन महानगरले निर्देशन दिएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
