काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलाई सत्तारुढ गठबन्धनअन्तर्गतको दल नेकपा माओवादी केन्द्रले संघीय सांसदको उम्मेदवारीका लागि सिफारिस गरेको छ ।
माओवादी केन्द्रको जिल्ला कमिटीले उदयपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउन एक नम्बरमा सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा उदयपुर क्षेत्र नम्बर एक माओवादी केन्द्रको भागमा परे राई गठबन्धन दलहरुको साझा उम्मेदवार हुनेछन् ।
पाँच वर्षअघि माओवादी केन्द्रका तर्फबाट त्रियुगा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका राई झिनो मतले निराश भएका थिए । फुटबल तथा समाजसेवाको माध्यमबाट उदयपुरमा बलियो प्रभाव जमाएका कारण माओवादी केन्द्रको जिल्ला कमिटीले राईलाई संघीय सांसदको उम्मेदवारीका लागि सिफारिस गरेको बताइएको छ ।
भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP