चैत्र १८, २०८२ बुधबार | ०९:१५:५८
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

फ्रयांकफर्टलाई ४२ वर्ष पछि युरोपा लिगको उपाधि

पेरिस । जर्मन बुन्डेसलिगा क्लब इन्ट्राट फ्रयांकफर्टले बुधबार रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको छ ।

फ्रयांकफर्टले ४२ वर्षपछि युरोपियन प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

फ्रयांकफर्टले पछिल्लो पटक सन् १९८० मा युरोपा कपको फाइनल खेलेको थियो । त्यसयता फ्रयांकफर्ट कुनै पनि युरोपियन प्रतियोतिको फाइनल प्रवेश गर्न सकेको थिएन । 

सो फाइनलमा फ्रयांकफर्टले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडबाचलाई हराउँदै उपाधि जितेको थियो ।

५७औं मिनेटमा जो अरिबोको गोलमा रेन्जर्सले अग्रता लिएको थियो । ६९औं मिनेटमा राफेल सान्तोष बोरले गोल गर्दै फ्रयांकफर्टलाई खेलमा फर्काएका थिए । 

पेनाल्टी सुटआउटमा पनि बोरको गोल निर्णायक बन्यो । रेन्जर्सका आरोन रामसेको पाँचौ पेनाल्टी प्रहार फ्रयांकफर्टका गोलकिपर केभिन ट्रापले विफल पारेका थिए । यसअघि अतिरिक्त समयमा पनि ट्रापले रायन केन्टको उत्कृष्ट प्रहार बचाउँदै फ्रयांकफर्टको संकट टारेका थिए । 

पेनाल्टी सुटआउटमा रेन्जर्सका जेम्स टाभेरनियिर, स्टेभन डेविस, स्कट अरफिल्ड र केमार रोफीले गोल गरे । फ्रयांकफर्टका एन्डिज रुस्टिक , दाइज कामदा, फिलिप कोस्टिक, क्रिस्टोफर लेन्ज र बोरले गोल गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो