चैत्र १०, २०८२ मंगलबार | १०:५९:०९
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

राष्ट्रिय महिला लिगः दोस्रो चरण समाप्त, एक वर्षपछि ‘साम्बा’को गोल

काठमाडौं । गत वर्ष लिगकै दौरान नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी साबित्रा भण्डारी (साम्बा) ले सोमबार राष्ट्रिय महिला लिगको दोस्रो चरणको अन्तिम खेलमा पुलिसविरुद्ध नै गोल गरिन् ।

चोटको कारण लामो समयदेखि मैदान बाहिर रहेकी साम्बाले बिहीबारदेखि भरतपुरमा सुरु भएको महिला लिगमा त्रिभुवन आर्मी क्लबविरुद्ध पुनरागमन गरेकी थिइन् ।

आर्मीसँगको खेलमा गोल गर्न नसकेपनि साम्बाले पुलिसविरुद्ध इन्जुरी समयमा गोल गरिन् । जुन सोमबार सम्पन्न दोस्रो चरणको खेलमध्ये मुख्य आकर्षण बन्यो । साम्बाको गोलसँगै एपिएफले पुलिसलाई २–० ले हराएको थियो ।

पहिलोको तुलनामा दोस्रो चरणमा धेरै गोल निस्किए । दोस्रो चरणका चार खेलमा ४.० को औसतमा कुल १६ गोल भए । यसअघि पहिलो चरणको चार खेलमा ३.० को औसतमा जम्मा १२ गोल भएको थियो ।

आइतबारदेखि सुरु भएको दोस्रो चरणको पहिलो खेलमा ललितपुरलाई ७–० को फराकिलो अन्तरमा हराउँदै आर्मीले पहिलो जित निकाल्यो । लिगको यो हालसम्मकै फराकिलो नतिजा थियो । यसअघि पहिलो चरणमा धनगढीले वालिङलाई ६–० ले हराएको थियो ।

दोस्रो चरणका खेलहरु सकिदाँ धनगढी उपमहानगरपालिका र एपिएफ सतप्रतिशत नतिजासहित लिगमा अगाडि बढिरहेका छन् ।

धनगढीले चन्द्रपुर नगरपालिकालाई २–१ ले हरायो । आइतबार वालिङ विराटनगर उपमहानगरपालिकासँग ३–१ ले हारेको थियो । विराटनगरको यो पहिलो जित हो ।

सतप्रतिशत जित निकालेको एपिएफ र धनगढीको समान दुई खेलबाट ६ अंक छ । यस्तै, समान खेल खेलेका पुलिस, विराटनगर र ललितपुरको तीन अंक छ । उपाधि दाबेदार मानिएको आर्मी, वालिङ र चन्द्रपुर भने जितविहीन छन् ।

दोस्रो चरणका खेलमा सात पहेंलो कार्डहरु देखाइएका छन् । जसमा ललितपुर र आर्मीले दुई र वालिङ, पुलिस र एपिएफले एक पहेंलो कार्डको दर्शन गरे । यसअघि पहिलो चरणका खेलमा समान सात पहेंलो कार्डकै प्रयोग भएको थियो । जसमध्ये आर्मीले दुई तथा धनगढी, वालिङ, ललितपुर, पुलिस र विराटनगरले समान एक पहेंलो कार्ड पाएका थिए ।

आर्मीकी विमला चौधरीले पहिलो र दोस्रो चरणमा नै पहेंलो कार्डको दर्शन गर्ने एकमात्र खेलाडी बनिन् । उनले पहिलो चरणमा एपिएफ र आर्मीबीचको खेलको ६९औं मिनेटमा र दोस्रो चरणको ललितपुरविरुद्धको खेलको ३५औं मिनेटमा पहेंलो कार्ड पाएकी थिइन् । 
                  
बुधबारदेखि सुरु हुने महिला लिगको तेस्रो चरणमा चन्द्रपुर र विराटनगरको खेल दिउँसो १ः१५ बजे हुनेछ । यस्तै, आर्मी र पुलिसको खेल अपराह्न ४ः१५ मा हुनेछ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो