माघ १७, २०८२ शनिबार | ०८:५७:३९
पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी

राष्ट्रिय महिला लिगः दोस्रो चरण समाप्त, एक वर्षपछि ‘साम्बा’को गोल

काठमाडौं । गत वर्ष लिगकै दौरान नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी साबित्रा भण्डारी (साम्बा) ले सोमबार राष्ट्रिय महिला लिगको दोस्रो चरणको अन्तिम खेलमा पुलिसविरुद्ध नै गोल गरिन् ।

चोटको कारण लामो समयदेखि मैदान बाहिर रहेकी साम्बाले बिहीबारदेखि भरतपुरमा सुरु भएको महिला लिगमा त्रिभुवन आर्मी क्लबविरुद्ध पुनरागमन गरेकी थिइन् ।

आर्मीसँगको खेलमा गोल गर्न नसकेपनि साम्बाले पुलिसविरुद्ध इन्जुरी समयमा गोल गरिन् । जुन सोमबार सम्पन्न दोस्रो चरणको खेलमध्ये मुख्य आकर्षण बन्यो । साम्बाको गोलसँगै एपिएफले पुलिसलाई २–० ले हराएको थियो ।

पहिलोको तुलनामा दोस्रो चरणमा धेरै गोल निस्किए । दोस्रो चरणका चार खेलमा ४.० को औसतमा कुल १६ गोल भए । यसअघि पहिलो चरणको चार खेलमा ३.० को औसतमा जम्मा १२ गोल भएको थियो ।

आइतबारदेखि सुरु भएको दोस्रो चरणको पहिलो खेलमा ललितपुरलाई ७–० को फराकिलो अन्तरमा हराउँदै आर्मीले पहिलो जित निकाल्यो । लिगको यो हालसम्मकै फराकिलो नतिजा थियो । यसअघि पहिलो चरणमा धनगढीले वालिङलाई ६–० ले हराएको थियो ।

दोस्रो चरणका खेलहरु सकिदाँ धनगढी उपमहानगरपालिका र एपिएफ सतप्रतिशत नतिजासहित लिगमा अगाडि बढिरहेका छन् ।

धनगढीले चन्द्रपुर नगरपालिकालाई २–१ ले हरायो । आइतबार वालिङ विराटनगर उपमहानगरपालिकासँग ३–१ ले हारेको थियो । विराटनगरको यो पहिलो जित हो ।

सतप्रतिशत जित निकालेको एपिएफ र धनगढीको समान दुई खेलबाट ६ अंक छ । यस्तै, समान खेल खेलेका पुलिस, विराटनगर र ललितपुरको तीन अंक छ । उपाधि दाबेदार मानिएको आर्मी, वालिङ र चन्द्रपुर भने जितविहीन छन् ।

दोस्रो चरणका खेलमा सात पहेंलो कार्डहरु देखाइएका छन् । जसमा ललितपुर र आर्मीले दुई र वालिङ, पुलिस र एपिएफले एक पहेंलो कार्डको दर्शन गरे । यसअघि पहिलो चरणका खेलमा समान सात पहेंलो कार्डकै प्रयोग भएको थियो । जसमध्ये आर्मीले दुई तथा धनगढी, वालिङ, ललितपुर, पुलिस र विराटनगरले समान एक पहेंलो कार्ड पाएका थिए ।

आर्मीकी विमला चौधरीले पहिलो र दोस्रो चरणमा नै पहेंलो कार्डको दर्शन गर्ने एकमात्र खेलाडी बनिन् । उनले पहिलो चरणमा एपिएफ र आर्मीबीचको खेलको ६९औं मिनेटमा र दोस्रो चरणको ललितपुरविरुद्धको खेलको ३५औं मिनेटमा पहेंलो कार्ड पाएकी थिइन् । 
                  
बुधबारदेखि सुरु हुने महिला लिगको तेस्रो चरणमा चन्द्रपुर र विराटनगरको खेल दिउँसो १ः१५ बजे हुनेछ । यस्तै, आर्मी र पुलिसको खेल अपराह्न ४ः१५ मा हुनेछ ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।