चैत्र १६, २०८२ सोमबार | ००:१९:०३
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

काउन्टर अट्याक: सुन्दर खेलको छवि धमिल्याउने प्रयास

अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारिक वेभ साइटमार्फत मंगलबार दिउँसो एउटा जानकारी सार्वजनिक गर्यो, 'शनिबार र मंगलबार हुने मोरिससविरुद्धका मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा दर्शक आउन पाउनेछन् । त्यसका लागि एक हजार र पाँच सय रुपैयाँ टिकटदर तोकिएको छ।'

कोभिड १९ महामारीले नेपालमा विकराल रूप लिइरहेको समय भएकाले एन्फाले कुल क्षमताको एक तिहाइमात्र टिकट बेच्ने बताएको छ । सरकारी मापदण्ड पनि त्यस्तै छ । सरकारले जारी गरेको पछिल्लो मापदण्डअनुसार रंगशाला निम्त्याइएका एक तिहाई दर्शकमध्येबाट एक तिहाईको आयोजकलेआफ्नै खर्चमा आरडिटी परीक्षण गराउनुपर्छ । तर, एन्फाको जानकारी यस विषयमा भने मौन छ ।

एन्फाले सरकारी नियमअनुसार आएका दर्शकमध्ये एक तिहाईको आरडिटी परीक्षण पनि गराउला । अरु स्वास्थ्य मापदण्ड पनि लागू गरिएला । बहसको विषय यो होइन । कुरा त परीक्षण गराएकामध्ये ५० प्रतिशतभन्दा बढिमा संक्रमण पुष्टि भइरहेको यस्तो डरलाग्दो समयमा फुटबल हेर्न दर्शकलाई रंगशाला निम्त्याउनु ठिक हो कि होइन भन्ने हो ।

जनताको स्वास्थ्यप्रति सरकार र समर्थकको स्वास्थ्यप्रति नेपाली फुटबलको सर्वोच्च निकाय कति संवेदनशील छ ? भन्ने हो । एन्फाले जारी गरेको पछिल्लो जानकारीले केही लाख रुपैयाँका लागि दर्शक बोलाउने फुटबल संघ र त्यसका लागि अनुमति दिने सरकार पूर्ण रुपमा संवेदनहिन भएकै पुष्टि गर्छ ।

जनताको स्वास्थ्यप्रति सरकार र समर्थकको स्वास्थ्यप्रति नेपाली फुटबलको सर्वोच्च निकाय कति संवेदनशील छ ? भन्ने हो । एन्फाले जारी गरेको पछिल्लो जानकारीले केही लाख रुपैयाँका लागि दर्शक बोलाउने फुटबल संघ र त्यसका लागि अनुमति दिने सरकार पूर्ण रुपमा संवेदनहिन भएकै पुष्टि गर्छ ।

पछिल्लो समय धेरै संक्रमण देखिएको ओमिक्रोनको असर कम हुँदै गएको कारण सरकारको स्मार्ट लकडाउन केही खुकुलो छ । तर, जोरबिजोर प्रणालीका कारण काठमाडौ उपत्यकाका सडक खाली छन् । फिल्म हलहरु सबै बन्द छन् ।

स्कुल कलेजमा ताल्चा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा विवाहका लागि बढिमा २५ जनासम्म भेला गराउने अनुमति माग्नेको घुँइचो छ । होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा स्वास्थ्यका कडा मापदण्ड उत्तिकै कडाइका साथ लागू गरिएका छन् । समग्रमा भन्दा नेपाल बन्द छ । अझ काठमाडौं उपत्यकामा सख्ति झनै बढि छ ।

तर रंगशालामा फुटबल हेर्न चाहिँ हजारौंको संख्यामा पनि भेला हुन पाइने, त्यो पनि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने खेलमा । सम्बन्धित निकाय जनस्वास्थ्यमा संवेदनशील भएको भए यस्तो समाचार आउने थिएन । बरु पोखरामा एउटा सामान्य क्लबले गर्ने नेपाली फुटबलकै सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहा रारा गोल्डकपमा आयोजक सहाराले विना दर्शक क्वार्टरफाइनलसम्मका खेल सम्पन्न गरिसकेको छ । तर, एन्फा भने केही लाख रुपैयाँको लोभमा जनस्वास्थ्यसँग खेलवाड गरिरहेको छ ।

मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाल आएको मोरिससको टोलीका चार खेलाडीमा संक्रमण पुष्टि भइसकेको छ । बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडीमा पनि संक्रमण देखिन सक्ने सम्भावना कायम छ । कोभिडकै बहानामा एन्फाले पूर्व घोषित अरु थुप्रै कार्यक्रम थाँती राख्दै आएको छ ।

धेरै दिन भएको छैन, अधिकांश खेलाडी संक्रमित भएका कारण एन्फा स्वयमले यही रंगशालामा हुने तय भएको सहिद स्मारक लिगअन्तर्गत च्यासल र पुलिसबीचको खेल अन्तिम समयमा स्थगित गरेको । मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि अहिले ३४ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाल आएको मोरिससको टोलीका चार खेलाडीमा संक्रमण पुष्टि भइसकेको छ । बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडीमा पनि संक्रमण देखिन सक्ने सम्भावना कायम छ । कोभिडकै बहानामा एन्फाले पूर्व घोषित अरु थुप्रै कार्यक्रम थाँती राख्दै आएको छ । यसकारण पनि मैत्रीपूर्ण खेलमा दर्शक बोलाउने कदम सुहाउँदो छैन ।

कोभिडको पहिलो लहर चलिरहँदा लिभरपुलले च्याम्पियन्स लिगको खेलका लागि एट्लेटिको मड्रिडलाई एन्फिल्डको मैदानमा आतिथ्य गर्यो । बेलायतमा महामारीले विकराल रुप लिनुमा त्यही खेलको जमघटलाई कारण मानियो । प्रशासनको सामान्य कमजोरीका कारण सुन्दर खेल एक पटक बदनाम भयो ।

कुनै समय एथ्लेटिको मड्रिड र लिभरपुलबीचको खेलले दुई युरोपेली मुलुकमा कोभिड संक्रमण फैलाएर भयावह स्थिति बन्न सहयोग गरेको थियो । र, नेपाल जस्तो स्वास्थ्य संरचना कमजोर भएको मुलुकले त्यस्तै जोखिम लिनु पक्कै सान्दर्भिक हुँदैन ।

कोभिड महामारी तेस्रो वर्षमा प्रवेश गरिसक्दा सुन्दर खेलको छवि धुमिल्याउने अरु पनि केही यस्ता गतिविधि भएका छन् । यसबाट पाठ सिक्दै अगाडि बढ्ने समय हामीले पाइसकेका छौं । त्यसैले रंगशालामा पाँच हजारको हाराहारीमा जनता भेला गर्ने योजनामा पूनर्विचार गर्नु आवस्यक छ ।

एन्फाले केही लाखको लोभमा संवेदनाहिन निर्णय गर्यो होला । तर, त्यसमा राज्य चुप लाग्दा धेरै प्रश्न उठेका छन् । सबथोक बन्द हुँदा पनि फुटबलले यस्तो अव्यवहारिक सुविधा पाउँदा सामान्य जनता पनि ससंकित हुनु स्वभाविक हो । 'आखिर एन्फाले मात्र किन यस्तो सुविधा बारम्बार पाइरहेको छ? यसमा कुनै आर्थिक वा राजनीतिक कारण लुकेको त छैन,' भनेर सोध्ने अधिकार सचेत नेपालीसँग सुरक्षित छ ।

कोभिड महामारी तेस्रो वर्षमा प्रवेश गरिसक्दा सुन्दर खेलको छवि धुमिल्याउने अरु पनि केही यस्ता गतिविधि भएका छन् । यसबाट पाठ सिक्दै अगाडि बढ्ने समय हामीले पाइसकेका छौं । त्यसैले रंगशालामा पाँच हजारको हाराहारीमा जनता भेला गर्ने योजनामा पूनर्विचार गर्नु आवस्यक छ ।

अन्यथा जोरविजोर प्रणालीले खाली बनाएका सडक, बन्द सिनेमा हल, स्कुल र कलेज, बिवाहका लागि अनुमति माग्न प्रशासन कार्यालयमा लागेको भिड अनि विना दर्शक पोखरा रंगशालामा भएका खेलहरुले सरकार र एन्फालाई नराम्ररी गिज्याउने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो