माघ १७, २०८२ शनिबार | ०२:४९:५३
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

वित्तीय निर्देशकमाथिको छानविन: महासचिव तुलाधरसँग बयान लिइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनअन्तर्गत महासचिव इन्द्रमान तुलाधरसँग पनि बयान लिने भएको छ । यसअघि लिग निर्देशक सन्जिव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्बाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो ।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा गठन भएको छानविन समितिले बुधबार पत्राचार गर्दै मिश्र र राईलाई बिहीबार बयान दिन बोलाएको थियो । र, उनीहरूसँग बिहीबार दिउँसो बयान लिइएको छ।

शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेश्की फर्स्यौटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएके एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेश्की फर्स्यौट गरेका थिए ।

यही विषयमा महासचिव तुलाधरसँग पनि बयान लिइने भएको हो । यद्यपि, महासचिव नेपाल बाहिर भएपछि उनी नेपाल फर्किएपछि बयान लिइने संयोजक खड्काले बताए ।

'आज मिश्र र राईसँग बयान लिइयो,' संयोजक खड्काले खेलाडीसँग भने, 'बयान लिनुपर्ने महासचिव र अध्यक्ष पनि नेपालमा नभएकाले छानविनका लागि थप १ हप्ताको समय मागिएको छ । अब महासचिव स्वदेश फर्किएपछि मात्रै छानविनले पूर्णता पाउँछ ।'

उनको पेश्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेश्की फर्स्यौट भएको थियो । तर वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरूपयोग गरेको आरोप छ ।

पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानविनको जिम्मा दिइएको थियो । खड्काले मंगलबारदेखि छानविन सुरु गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।