चैत्र १२, २०८२ बिहीबार | १८:००:३९
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

वित्तीय निर्देशकमाथिको छानविन: महासचिव तुलाधरसँग बयान लिइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनअन्तर्गत महासचिव इन्द्रमान तुलाधरसँग पनि बयान लिने भएको छ । यसअघि लिग निर्देशक सन्जिव मिश्र र जनरल कोर्डिनेटर तथा म्याच कमिसनरको भूमिका निर्बाह गरिरहेका लिग कमिटी सदस्य गौरीमान राईसँग पनि बयान लिइएको थियो ।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा गठन भएको छानविन समितिले बुधबार पत्राचार गर्दै मिश्र र राईलाई बिहीबार बयान दिन बोलाएको थियो । र, उनीहरूसँग बिहीबार दिउँसो बयान लिइएको छ।

शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको एउटा आरोप छ भने अर्को पेश्की फर्स्यौटको । सहिद स्मारक ‘सी’ डिभिजनका लागि गौरीमान राईले लिएके एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेश्की फर्स्यौट गरेका थिए ।

यही विषयमा महासचिव तुलाधरसँग पनि बयान लिइने भएको हो । यद्यपि, महासचिव नेपाल बाहिर भएपछि उनी नेपाल फर्किएपछि बयान लिइने संयोजक खड्काले बताए ।

'आज मिश्र र राईसँग बयान लिइयो,' संयोजक खड्काले खेलाडीसँग भने, 'बयान लिनुपर्ने महासचिव र अध्यक्ष पनि नेपालमा नभएकाले छानविनका लागि थप १ हप्ताको समय मागिएको छ । अब महासचिव स्वदेश फर्किएपछि मात्रै छानविनले पूर्णता पाउँछ ।'

उनको पेश्की फर्स्यौट प्रक्रियामा निर्देशक मिश्रले सिफारिस गरेर वित्तीय निर्देशक शाहलाई बुझाएका थिए । त्यहीअनुसार राईको पेश्की फर्स्यौट भएको थियो । तर वित्तीय निर्देशक शाहले राईबाट आएको नगद एन्फाको खातामा दाखिला नगरी दुरूपयोग गरेको आरोप छ ।

पुस २२ गते बसेको एन्फा कार्यसमिति बैठकबाट उपाध्यक्ष खड्कालाई छानविनको जिम्मा दिइएको थियो । खड्काले मंगलबारदेखि छानविन सुरु गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो