माघ १०, २०८२ शनिबार | १६:५४:५३
नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार

विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो

काठमाडौं । विक्रान्त नरसिंह रानाको सानदार प्रदर्शनप्रेरित उपाधि होडबाट बाहिरिसकेको नेपालले साफ फुटसल च्याम्पियनसिपमा बंगलादेशविरुद्ध ४-१ को सानदार जित हासिल गरेको छ ।

शनिबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको पहिलो खेलमा विक्रान्तले एक गोल र दुई ‘असिस्ट’ आफ्नो नाममा लेखाए । विक्रान्तसँगै लाक्पा तामाङ, सरोज तामाङ र सञ्जय स्याङताङले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए ।

प्रतियोगितामा व्यक्तिगत पाँचौं गोल गर्ने क्रममा विक्रान्तले खेलको ३७औं मिनेटमा कप्तान विजयी श्रेष्ठको पासलाई सदुपयोग गरे । बक्स बाहिरबाट विक्रान्तको लेफ्ट फुटेड शक्तिशाली प्रहार विपक्षी गोलकिपर जाहिद हसन रब्बीलाई बचाउन सम्भव थिएन ।

खेलको सुरुआती समयदेखि विक्रान्त केन्द्रविन्दुमा रहे । पहिलो गोल लाक्पाले गरेका थिए । विक्रान्तको पासमा लाक्पाको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको टप कर्नर जाली चुमेको थियो । लाक्पाले काजी इब्राहिम अहमदसँग बल खोसेपछि ‘कम्बिनेसन प्ले’ सम्भव भएको थियो ।

खेलको २९औं मिनेटमा पेम्बा दोर्जे लामाले विपक्षी खेलाडीलाई छक्याउँदै ‘शट अटेम्प्ट’ गरे । तर, उनको प्रहार गोलकिपर जाहिद हसनले बचाए । तर, बल अझै क्लियर भइसकेको थिएन । बल विक्रान्तसम्म आइपुग्यो । विक्रान्तले विपक्षीको कुनै पनि निगरानीमा नरहेका सरोजलाई पास दिए । बाक्लो अन्तर्राष्ट्रिय एक्सपोजर भएका सरोजले बललाई राम्ररी ‘प्लेसमेन्ट’ गरेपछि नेपाल २-० ले अगाडि बढ्यो ।

३५औं मिनेटमा बंगलादेशले गोल फर्कायो । सुरज गुरुङलाई बिट गर्दै कप्तान रहबार वाहेद खानले बललाई अगाडि बढाए । पेनाल्टी बक्सभित्र गोलकिपर दीपेश श्रेष्ठ बल क्लियर गर्न दौडिए । स्लाइडिङ ट्याक्कल गरे । तर, त्यसमा दीपेश सफल हुन सकेनन् । खाली पोस्टमा रहबारलाई गोल गर्न कुनै गाह्रो भएन ।

अर्को मिनेटमै सुरजले आफूलाई रिडिम गरे । क्विक कर्नर लिँदै उनले सञ्जयलाई गोलका लागि राम्रो अवसर मिलाइदिए । विपक्षी खेलाडीको निगरानीमा नरहेका स्याङताङले सहज गोल गरे ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले हराएको थियो । बंगलादेश पनि यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । नेपालसँग पराजित भएसँगै बंगलादेश चौथो स्थानमा झर्यो । नेपालले आफ्नो अन्तिम खेलमा सोमबार भुटानलाई हराए कम्तिमा तेस्रो स्थान पक्का गर्नेछ । बढीमा नेपाललाई उपविजेता बन्ने मौका पनि हुनेछ ।

दिनको दोस्रो खेलमा माल्दिभ्सले भुटानसँग खेल्दैछ । चार खेलमा स्पष्ट १२ अंक जोडेको माल्दिभ्सलाई च्याम्पियन बन्न मात्र एक अंक आवश्यक छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate