माघ १०, २०८२ शनिबार | ०१:१३:५३
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह
शनिबारको दिन शनिबारको दिन

युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व

काठमाडौं । अबको बुधबार युरोपेली क्लब फुटबलमा फेरि एउटा गजब संयोग जुरेको छ । त्यस दिन राति युरोपेली च्याम्पियन्स लिग फुटबलमा एकै पटक १८ खेल हुनेछ । यसमा सहभागी हुने ३६ क्लब युरोपकै प्रमुख र नामी क्लब छन् । 

फुटबलप्रेमीको नजरले हेर्ने हो भने खुबै रोमाञ्चक रात रहनेछ । यसले तीन प्रश्नको उत्तर दिनेछ । पहिलो प्रश्न हो, शीर्ष आठमा रहने टिम कुन–कुन हुनेछ ?

जति टिमले सुरुआती आठ स्थान हात पार्नेछन्, तिनीहरूले स्वतः अन्तिम १६ मा प्रवेश पाउनेछन् । यी टिमले च्याम्पियन्स लिगबाट केही समय आराम पनि पाउनेछन् र आफ्नो पूरा ध्यान घरेलु लिग र कपमा केन्द्रित गरे पुग्नेछ । त्यसैले यी सबै टिम भाग्यमानीभन्दा हुन्छ । त्यसपछि दोस्रो प्रश्न हो, नवौंदेखि २४ औं स्थानसम्म कुन–कुन टिम रहन्छ त ? यी १६ टिम प्लेअफमा जानेछ ।

दुई लेगको खेलपछि थप आठ टिमले अन्तिम १६ मा प्रवेश पाउनेछ । जति टिमले यो समूहमा आफूलाई पाउने छन्, ती केही हदसम्म भाग्यमानी हुनेछ, किनभने कम्तीमा उनीहरूको चुनौती प्रतियोगितामा त कायम रहनेछ । तर तनाव के भने दुई लेगका प्लेअफ खेल्नुपर्नेछ र यसमा अनेक खाले कठिनाइ हुन सक्नेछ । यसमा हारको अर्थ, प्रतियोगिताबाट बाहिर ।

अब तेस्रो प्रश्न, २५ देखि ३६ औं स्थानमा आउने टिमचाहिँ कुन कुन हुनेछ त ? यी भने अभाग्यमानी टिम हुन् । अझ भनौं कमजोर टिम । चुत्था हुने टिम । यिनको चुनौती यहीं टुंगिन्छ । अब यिनीहरूको पूरापूर ध्यान घरेलु लिग र कपमै केन्द्रित भए राम्रो । लिगमा एक चरणको खेल बाँकी भएको बेला यसपालिको च्याम्पियन्स लिगले भन्न के खोजेको छ त ? यसको उत्तर हो, यसपल्ट युरोपमा इङ्लिस क्लबको वर्चस्व रह्यो ।

अहिलेसम्म सात चरणका खेल भए । प्रत्येक टिमले सुरुमा खेल्ने भनेको आठ खेल हो । आर्सनल सातै खेलमा लगातार विजयी रहेको छ । टोली २१ अंकसहित शीर्षमा छ । आर्सनल त प्रिमियर लिगमा पनि शीर्षमै छ । त्यसपछि जर्मनीको बायर्न म्युनिक १८ अंकसहित दोस्रो तथा स्पेनको रियल मड्रिड १५ अंकमा तेस्रो स्थानमा छ । अहिलेसम्म दुई टिमको मात्र अन्तिम १६ को यात्रा निश्चित भएको छ । यी आर्सनल र बायर्न नै हुन् ।

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) १३ अंकमा छैटौं स्थानमा छ । बाँकी शीर्ष आठमा रहेका टिम सबै इङ्ल्यान्डका छन् । जस्तो लिभरपुल १५ अंकसहि चौथो, टोटनहम १४ अंकसहित पाँचौं, न्युकासल युनाइटेड १३ अंकसहित सातौं तथा चेल्सी १३ अंकसहित आठौं स्थानमा छ । टोलीहरूको पछाडि बार्सिलोना, एट्लेटिको मड्रिड, एटलान्टा, इन्टर मिलान, युभेन्ट्स जस्ता टिम छन् । त्यो पनि हेरेको हे¥यै स्थितिमा ।

म्यानचेस्टर सिटी भने ११ औं स्थानमा छ । अन्तिम दिनको नतिजा अझै बाँकी छ । त्यसले यो लिग तालिकामा तलमाथि त पार्न सक्ने नै छ । तर सम्भव के छ भने स्वतः अन्तिम १६ मा पुग्ने सबैभन्दा बढी टिम इङ्ल्यान्डकै हुनेछ । अनि यी इङ्ल्यान्डको प्रतिनिधित्व गरेर खेलिरहेका कुनै पनि ६ टिमको चुनौती बुधबार सकिने छैन, कायमै रहनेछ ।