काठमाडौं । बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा बुधबार राति कमब्याक जित निकालेको छ । फर्मिन लोपेजको दुई गोल मद्धतमा टोलीले स्लाभिया प्रागुइलाई ४–२ ले हराएको हो ।
बार्सिलोनाको जितिमा लोपेजले दुई गोल गर्दा रोबर्ट लेवान्डोस्की र डानी ओल्मोले समान एक गोल गरेका थिए । यसअघि स्लाभियाका भासिल कुसेजले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लोपेजले लगातार दुई गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता बनायो ।
लेवान्डोस्कीले ४४औं मिनेटमा आत्माघाति गोल गरेपछि खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको थियो । ओल्मो र लेवान्डोस्कीले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
जितपछि बार्सिलोना १३ अंकसहित नवौं स्थानमा छ । च्याम्पियन्स लिगमा आठ टिमको समान ९ अंक रहेको छ । लिगका शीर्ष ८ टिमले सिधै क्वार्टरफाइनलको यात्रा तय गर्नेछन् । यता, तीन जोडेको स्लाभिया पुछारमा रहेको छ ।
राति नै भएको खेल चेल्सीले पाफोस एफसीलाई १–०, युभेन्ट्सले बेन्फिकालाई २–०, लिभरपुलले मार्सलीलई ३–०, न्युक्यासल युनाइटेडले पिएसभी इन्धोभिनलाई ३–० तथा एथ्लेटिक क्लबले एट्लान्टालाई ३–२ ले पराजित गरेका छन् ।
