फाल्गुन १, २०८२ शुक्रबार | ०९:४२:५०
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको चुनावी साधारणसभामा दुई समूह प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई वेवास्ता विपरित दुई समूहमा निर्वाचनमा होमिने पक्का भएको हो ।

मनोनयनको अन्तिम दिन (शनिबार) दीर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले आफ्नो समूह नै बनाएर अगाडी बढेका छन् । उनले अदालत र राखेपको निर्देशन विपरित बाध्य भएर अध्यक्षमा उम्मेदवारी दिन परेको बताएका छन् ।

यता, वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले यसअघि नै अध्यक्षमा दोहोरिने गरी उम्मेदवारी दिइसकेका छन् । उनले वर्तमान कार्यसमितिका पदाधिकारीलाई नै आफ्नो टिममा समेटेका छन् ।

शनिबार नै वरिष्ठ उपाध्यक्षमा सुन्दर नरसिंह जोशी, उपाध्यक्षमा उत्तमराज भण्डारी, अनिल श्रेष्ठ  र पेमा डोल्मा लामाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसअघि अदालत र राखेपले अर्ली इलेक्सन आवश्यकता नरहेको बताउँदै तत्काल चुनावी प्रक्रिया अगाडी नबढाउन आदेश दिएका थिए । अदालतले दुबैसमूहलाई माघ ६ गते छलफलमा बोलाएको छ । यता, राखेपले एन्फालाई ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएको थियो ।

तर, एन्फा नेतृत्व एएफसी र फिफाको स्विकृतीको कारण देखाउँदै चुनावी प्रक्रियामा बढेको हो । 

यता, यसअघि नै अध्यक्षकाे उम्मेदवार घोषणा गरेका विराटजंग शाहीले भने उम्मेदवारी  दर्ता गरेनन् । उनले राखेप र अदालतको अवहेलना हुने भन्दै निर्वाचनमा सहभागी नभएको बताएका छन् । 
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026