काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिसपको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४–० को अग्रता लिएको छ ।
हुवा माक रंगशालाको फुटसल एरिनामा जारी खेलमा जेनिफर रानामगरले दुई गोल गर्दा विमला चौधरी र मनिषा थापामगरले पनि स्कोरसीटमा आफ्नो नाम लेखाउन सफल भएका छन् । मनिषाले पेनाल्टीमार्फत गोल गरेकी हुन् ।
माल्दिभ्सलाई हराए नेपाल तत्कालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसअघि पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो ।
माल्दिभ्सले भने यसअघि भारतसँग ११–१ को फराकिलो हार बेहोरेको थियो ।
दिनको पहिलो खेलमा बंगलादेशले भारतलाई ३–१ ले हरायो । तेस्रो खेलमा पाकिस्तान र श्रीलंका आमने–सामने हुँदैछन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
