काठमाडौं । बैंककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा बंगलादेशले सानदार सुरुआत गरेको छ ।
आफ्नो पहिलो खेलमा बंगलादेशले बिहीबार भारतको चुनौती ३–१ ले पन्छायो । नोनथाबुरी रंगशालाको फुटसल एरिनामा गोलकिपर अख्तर जिलीको प्रशंसनीय प्रदर्शनमा बंगलादेश जितको हकदार बन्यो । उनले भारतका केही राम्रा अवसरलाई गोल हुन दिइनन् ।
बंगलादेशको जितमा कप्तान सवीना खातुनले दुई गोल गरिन् । त्यस्तै एक गोल सुमाया मात्सुसिमाको नाममा रह्यो । तीन गोलले पछाडि परेको अवस्थामा भारतका लागि आर्या धनजी मोरेले सान्त्वना गोल फर्काइन् ।
भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ११-१ ले हराएको थियो । जुन लयलाई भारतले कायम राख्न सकेन । शनिबार भारतले तेस्रो खेलमा नेपालको सामना गर्नेछ । सोही दिन आफ्नो दोस्रो खेलमा बंगलादेशले भुटानसँग खेल्नेछ ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
