माघ २६, २०८२ सोमबार | ०७:४६:०३
इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

सर्वपक्षीय बैठक बोलाउन क्लबहरुले एन्फालाई बुझाए ध्यानाकर्षणपत्र

एन्फा महासचिव किरण राई (दायाँ)लाई ध्यानाकर्षणपत्र बुझाउँदै फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास शाह ।

काठमाडौं । शीर्ष डिभिजनका क्लबहरुबीच जारी १६ वर्षमुनिको लिगमा प्रत्येक दिन विवाद तथा झगडा हुन थालेपछि सहभागी क्लबहरुले एन्फालाई सबै पक्षको संयुक्त बैठक बोलाउन अनुरोध गरेका छन् ।

क्लबहरुका तर्फबाट एन्फाका महासचिव किरण राईलाई ध्यानाकर्षणपत्र बुझाउँदै फ्रेन्डस क्लबका अध्यक्ष विश्वास शाहले ‘प्रतियोगितालाई मर्यादित र व्यवस्थित बनाउन तत्काल सहभागी क्लबका अध्यक्ष र महासचिव, प्रतियोगिता सञ्चालन समिति, निर्णायकहरु, स्थानीय आयोजक कमिटी, म्याच कमिस्नरहरु तथा एन्फाका अध्यक्ष र महासचिवको संयुक्त वैठक आहवान गर्न’ अनुरोध गरेका हुन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गरिएको ध्यानाकर्षणपत्रमा आफ्ना चासोलाई गम्भीर रुपमा लिएर तत्काल बैठक नबोलाए हुन सक्ने सबैखालका घटनाको जिम्मेवार एन्फा हुनुपर्ने चेतावनी पनि दिइएको छ ।

प्रतियोगितालाई मर्यादित र सभ्य तरिकाले गर्न बाँकी खेलहरुमा स्तरअनुसारका निर्णायक र म्याच अधिकारी परिवर्तन गर्न यो पत्र बुझाएका छौं । विवादित निर्णायक र म्याच अधिकारीलाई बाँकी खेलमा जिम्मेवारी नदिन अनुरोध गर्दछौं ।

‘एन्फाको आयोजनामा भइरहेको यु १६ लिग दौरान भइरहेका केही अप्रिय र अप्रत्यासित घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लिगलाई युवा फुटबल विकासका लागि एलिट तहको प्रतियोगिताको रुपमा सञ्चालन गर्ने सहमतीबमोजिम क्लबहरुले सहभागिता जनाएकोमा हाल निर्णायक एवं खेल पदाधिकारीहरुका कारण बादविवाद, झगडा र खेल भावनाविपरितका कामहरु भइरहेको छ । यसले प्रतियोगिताको गरिमा र महत्वमा आघात परिरहेको छ,’ शाहले बुझाएको सहभागी क्लबहरुको ध्यानाकर्षणपत्रमा लेखिएको छ, ‘प्रतियोगितालाई मर्यादित र सभ्य तरिकाले गर्न बाँकी खेलहरुमा स्तरअनुसारका निर्णायक र म्याच अधिकारी परिवर्तन गर्न यो पत्र बुझाएका छौं । विवादित निर्णायक र म्याच अधिकारीलाई बाँकी खेलमा जिम्मेवारी नदिन अनुरोध गर्दछौं ।’

ध्यानाकर्षणपत्रमा प्रतियोगितालाई मर्यादित तवरले सम्पन्न गर्न संयुक्त बैठक बोलाउन अनुरोध गर्ने क्रममा भनिएको छ, ‘यसप्रकारको बैठकबाट आगामी समयमा हुने यु १८ प्रतियोगितालाई समेत व्यवस्थित रुपले सम्पन्न गरिनेछ भन्ने विश्वास लिएका छौं ।’

शीर्ष डिभिजन लिगका सबै १४ क्लबका किशोर टोलीको सहभागितामा गएको असार २० गते सुरु भएको प्रतियोगिता असोज ९ गते सम्पन्न हुने तालिका छ । तर पछिल्लो समय प्रत्येकजसो खेलमा आयोजक समितिका अधिकारी, निर्णायक, खेलाडी तथा क्लबका पदाधिकारीहरुबीच विवाद र झगडा हुन थालेको छ ।

फ्रेन्डस क्लबविरुद्धको खेलमा सहायक रेफ्री गणेश तामाङलाई नियुक्त गरिएको विरोध गर्दै एन्फाका प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संकटा क्लबले मैदान छोडेर झण्डै आधा घण्टा खेल अवरुद्ध गरेको थियो । संकटाले १–० ले पछि परेको अवस्थामा मैदान छोडेको थियो । तर पछि खेल टेबहालको टोलीले २–१ को नतिजामा जित्यो । सोही खेलको अन्त्यतिर फ्रेन्डसका अधिकारीहरुले रेफ्रीमाथि हातपातको प्रयास गरेपछि एन्फा कम्प्लेक्स तनावग्रस्त भएको थियो ।

फ्रेन्ड्स क्लब नै सहभागी अर्को खेलमा पनि सातदोबाटो क्लबले गोल खाएपछि केहीबेर मैदान छोडेर खेल अवरुद्ध गरेको थियो । एन्फाले हालेको पोष्टको जाली प्वाल परेका कारण फ्रेन्ड्सको प्रहार जालीबाट छिरेर बाहिरिएको थियो । सातदोबाटोले त्यसैको विरोधमा खेल अवरुद्ध गरेको थियो ।

अनुशासन मिचिएका अनगिन्ती घटना हुँदा पनि एन्फा निरिह भएर बस्न बाध्य छ । कतिपय त प्रतिबन्ध नै लगाउनुपर्ने खालका घटनामा पनि क्लबविरुद्ध केही गर्न सकिँदैन । क्लबका मालिकहरु कित एन्फामा छन् । एन्फामा नभए पनि मताधिकारका कारण केही गर्न सकिँदैन ।

यसैगरी चर्च ब्वाइज र एपिएफबीचको एउटा खेलले त २० वटा कार्डको कीर्तिमान कायम गरेको थियो । रेफ्री रवि खाम्चाले उक्त खेलमा १८ पहेलो र २ रातो कार्ड निकालेका थिए । मैदानभित्रको सामान्य विवादमा दुई टिमबीच सामूहित झगडा हुँदा एकैपटक रेफ्री खाम्चाले १५ पहेलो र २ रातो कार्ड निकालेका थिए । जसमा एपिएफले १० पहेलो र १ रातो तथा चर्च ब्वाइजले ५ पहेलो र १ रातो कार्ड सामना गरेका थिए ।

लामो समयदेखि एन्फाद्धारा आयोजना गरिने सबै प्रतियोगिताहरुमा रेफ्रीको निर्णय विवादित हुने गरेका छन् । जारी युवा लिगमा पनि निर्णायकहरुले गलत निर्णय तथा आयोजक अधिकारीहरुले पक्षपातपूर्ण व्यवहार गरेको आरोप खेप्दै आएका छन् ।

एन्फाका एक वरिष्ठ पदाधिकारी भने क्लबहरुको दादागिरीका कारण सही तरिकाले लिग लगायतका प्रतियोगिताहरु गराउन नसकेको आरोप लगाउँछन् । भन्छन्, ‘अनुशासन मिचिएका अनगिन्ती घटना हुँदा पनि एन्फा निरिह भएर बस्न बाध्य छ । कतिपय त प्रतिबन्ध नै लगाउनुपर्ने खालका घटनामा पनि क्लबविरुद्ध केही गर्न सकिँदैन । क्लबका मालिकहरु कित एन्फामा छन् । एन्फामा नभए पनि मताधिकारका कारण केही गर्न सकिँदैन ।’


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं