भाद्र २, २०८२ मंगलबार | २३:१८:५३
ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई

साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली

ट्रफीका साथ नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठ( बायाँ) र कप्तान भूमिका बुढाथोकी ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु १७ महिला च्याम्पियनसिप बुधबारबाट भुटानको थिम्पुमा सुरु हुँदैछ ।

अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश  सहभागी छन् ।

प्रतियोगिताअघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन् ।

‘अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘ हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो । हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । प्रतियोगिताका लागि हामी तयार छौं ।’ 

नेपालले बुधबार भारतसँग खेल्दै प्रतियोगताको सुरुआत गर्दैछ । प्रशिक्षक श्रेष्ठ भारत बलियो टोली भए पनि नेपाल जित निकाल्न सक्षम रहेको तर्क गर्छन् ।

‘पहिलो खेल नै भारतसँग छ । भारत बलियो टोली हो । अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु भूमिमा पराजित भएका थियौं । बितेको संस्करण गरेका गल्तीहरूलाई हामीले यसपालि सच्याएका छौं । सबै टेकनिकल एरियाहरूमा काम भएको छ । खेलाडीले मौकालाई सदुपयोग गर्न सके भने हामी भारतलाई हराउन सक्छौं,’ प्रशिक्षक श्रेष्ठले थपे,‘ मैले जित्नै पर्छ भन्ने दबाब लिएको छैन । दबाब लियो भने खेलमा असर पर्छ । खेलाडीले आफूले जाने सिकेका कुराहरुलाई सकेसम्म खेलमा प्रयोग गर्छन् भन्ने पूर्ण आशा लिएको छु । हामी सकारात्मक नतिजा ल्याउनेछौं भन्ने विश्वास छ ।’

यसैगरी नेपालकी कप्तान भूमिका बृढाथोकी सन्तुलित टिम भएकाले जित्नकै लागि मैदान उत्रिने बताउँछिन् ।

ड्रेसिङ रुमको माहोल राम्रो छ । टोलीका सबैमा जितको भावना छ । सबै आ–आफ्नो ठाउँमा राम्रो छन् ।  सन्तुलित टोली भएकाले हामी जित्ने मानसिकताका साथै मैदान उत्रिने छौं । नेपाली समर्थकलाई साथ र हौसला दिनुहुन अनुरोध गर्दछु,’ कप्तान बुढाथोकीले भनिन् । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary