लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार हुने तय भएको आर्सनल र वुल्भ्सबीचको खेल कोभिड १९ कारण स्थगित भएको छ ।
वुल्भ्सले आफ्ना खेलाडी घाइते भएका कारण आर्सनलविरुद्ध आवश्यक खेलाडी संख्या नपुग्ने कारण देखाउँदै खेल स्थगित गर्न गरेको आग्रह प्रिमियर लिगले सदर गरेको हो ।
यसअघि कोभिड १९ कै कारण बक्सिङ डेमा हुने भनिएको वुल्भ्स र वाट्फोर्डको खेल पनि स्थगित भएको थियो ।
‘वुल्भ्सले खेलाडीमा कोभिड १९ र चोटका कारण आर्सनलविरुद्धको खेलका लागि पर्याप्त खेलाडी नभएको भन्दै खेल स्थगितका लागि हालेको निवेदनलाई प्रिमियर लिग बोर्डले स्वीकार गरेको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको निर्णयबाट क्लबका समर्थकमा पर्न गएको असुविधा र अवरोधका लागि हामी क्षमाप्रार्थी छौं ।’
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
