लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार हुने तय भएको आर्सनल र वुल्भ्सबीचको खेल कोभिड १९ कारण स्थगित भएको छ ।
वुल्भ्सले आफ्ना खेलाडी घाइते भएका कारण आर्सनलविरुद्ध आवश्यक खेलाडी संख्या नपुग्ने कारण देखाउँदै खेल स्थगित गर्न गरेको आग्रह प्रिमियर लिगले सदर गरेको हो ।
यसअघि कोभिड १९ कै कारण बक्सिङ डेमा हुने भनिएको वुल्भ्स र वाट्फोर्डको खेल पनि स्थगित भएको थियो ।
‘वुल्भ्सले खेलाडीमा कोभिड १९ र चोटका कारण आर्सनलविरुद्धको खेलका लागि पर्याप्त खेलाडी नभएको भन्दै खेल स्थगितका लागि हालेको निवेदनलाई प्रिमियर लिग बोर्डले स्वीकार गरेको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको निर्णयबाट क्लबका समर्थकमा पर्न गएको असुविधा र अवरोधका लागि हामी क्षमाप्रार्थी छौं ।’
भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
