असार २२, २०८२ आइतबार | ०३:१२:०४
पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो भारत एएफसी महिला एसियन कपमा छनोट पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारीको कम्पनीले नेपाल एएफसी महिला एसियन कपमा छनोट भए पुरस्कार प्रदान गर्ने घोषणा उज्वेकिस्तानविरुद्ध पूजालाई मौका, प्रीतिलाई आराम आर्मी च्याम्पियन नेपालले गर्यो उपाधि रक्षा

बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक

बिनम श्रेष्ठ (बायाँ) लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिनम श्रेष्ठलाई यु-१९ टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फा महसचिव किरण राईले बुधबार श्रेष्ठलाई नियुक्ति पत्र प्रदान गरेका थिए ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको तयारीमा रहेको टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् । यसैगरी एन्फाले यसअघि मंगल महर्जनले सहायक र सञ्जीव जोशीलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो।

प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।

समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।  

मुख्य प्रशिक्षक श्रेष्ठले आइतबार, सोमबार र मंगलबार सम्पन्न छनोट प्रकृयाबाट ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलकिपरः भक्तबहादुर परियार, विक्रम विष्ट, विशेष बानियाँ, पेम्बानोर्बु भोटे, रोजन प्रधान, उपेन्द्र लवान

रक्षकः एकराज विश्वकर्मा, करण तामाङ, कृष्णबहादुर आले, कृष मगर, कुसाङ नेम्वाङ, लच्छु थापा, मदन पौडेल, निशान बान्तवा, प्रशान्त मोक्तान, राम थामी, राम थापा, रोहन मोक्तान, रोनेश मगर, रोशन तामाङ, सविनया कटुवाल, समीर थापा, सरोज दर्लामी, सिद्धान्त खड्का, सुजलमान घले

मिडफिल्डरः एलिक श्रेष्ठ, विज्ञान खड्का, विनायक थारु, धर्मेन्द्र कुँवर, लक्ष्मण थामी, माइकल थापा, रञ्जित लामा, सविन लुंगेलीमगर, समीर कुमार

फरवार्डः विजय उर्वा, विक्रम गौतम, ग्रेमन श्रेष्ठ, पवन पाख्रिन, प्रसुन तामाङ, सुवास बम, सुदीप मोक्तान, सुजन डंगोल


भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL