कार्तिक १९, २०८२ बुधबार | १२:५८:३९
म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित

बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रेक सम्पन्न भएसँगै ला लिगा खेल्न लागेको बार्सिलोनालाई खेलाडीको फिटनेसले चिन्ता बढाएको छ । अन्तर्राष्ट्रिय ब्रेक सम्पन्न भएको केही दिनमै बार्सिलोनाले ला लिगामा आज (बिहीबार) राति ओसासुनाको सामना गर्दैछ ।

खासमा यो खेल केही साताअघि नै खेलिनुपर्ने थियो । तर, बार्सिलोनाका डाक्टर कार्लेस मिरानोको निधनपछि खेल स्थगित गरिएको थियो । त्यसैले पनि बार्सिलोना खेलाडी  विश्राम नलिँदै घरेलु लिगमा होमिनु परेको छ ।

बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिक खेलाडीको फिटनेशलाई लिएर चिन्ता प्रकट गर्छन् । ‘हाम्रा अधिकांश खेलाडी अन्तर्राष्ट्रिय ब्रेकमा थिए । लगत्तै खेल खेल्दा खेलाडीको फिटनेश चिन्ता छ,’ उनले भने, ‘यसले बार्सिलोनालाई गाह्रो बनाएको छ ।’

बार्सिलोनामा स्पेन, फ्रान्स, बार्सिलोना, उरुग्वे, पोल्यान्ड र नेदरल्यान्ड्सका खेलाडी छन् । बार्सिलोनाका  पेड्री, डानी ओल्मो, लामिन यमल, पौउ कुबार्सी र फेरान टोरेस स्पेनबाट खेलेका थिए । नेदरल्यान्ड्सका फ्राङ्कीइ डि जोङ र जुलेस कुन्डे तथा पोल्यान्डबाट रोबर्टाे लेवान्डोस्की रहेका थिए । त्यस्तै, स्पेनको यु–२१ टिमबाट फेर्मिन लोपेज, पाब्लो टोरे र जेरार्ड मार्टिनेज बार्सिलोनाका टिममा छन् ।

ओसासुनाविरुद्ध ब्राजिलका राफिन्हा र उरुग्वेका रोनाल्ड अरौजो उपलब्ध हुनेमा शंका छ । दुबै खेलाडी राष्ट्रिय टिमसँगै छन् । ब्राजिल र उरुग्वेले फिफा विश्वकप छनोट खेलिरहेका थिए । ‘उनीहरु लामो हवाई यात्रामा छन् । त्यसैले विश्राम पनि चाहिन्छ । खेल्नेमा शंका छ,’ फ्लिक भन्छन् ।

ला लिगामा २७ खेलबाट ६० अंक जोडेका बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको रियाल मड्रिड ६० अंकसहित दोस्रो स्थानमै छ । एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा छ । २७ खेल खेलेको ओसासुना ३३ अंकसहित १४औं स्थानमा छ ।

यस्तै, आइतबार बार्सिलोनाले जिरोनासँग खेल्ने तालिका छ । यस्तोमा अधिकांश खेलाडीले रिकवरी समय मागेको फ्लिकले बताए ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA