काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई सम्मानित भएकी छन् ।
उनलाई शुक्रबारदेखि सुरु भएको राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटनका दौरान २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
ललितपुर महानगरपालिका वडा-१४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई सम्मान गरे ।
यस्तै नेपाल लोकतान्त्रिक खेल संघ, ललितपुरका अध्यक्ष पुनित गुरुङ, बुद्ध एयरका क्याप्टेन सैलेश लिम्बु, ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जन, शोभा चोक टोल सुधार समितिका अध्यक्ष पुरन राई, सिजन श्रेष्ठ, गम्वीर महतलगायतले पनि प्रोत्साहनस्वरुप व्यक्तिगत रूपमा प्रीतिलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।
आयोजक क्लबको कभर्डहलमा चैत ४ गतेसम्म हुने प्रतियोगिताको ६ स्पर्धामा १३१ खेलाडी सहभागी छन् ।