मंसिर ३, २०८२ बुधबार | १७:२६:३८
सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित
शनिबारको दिन विश्व फुटबल

लिभरपुलको अनुभव, न्युकासलको उत्साह

काठमाडौं । इङ्लिस फुटबलमा सिजनकै पहिलो उपाधिको छिनोफानो आइतबार हुँदै छ । यो रहेको छ, लिग कप । फाइनल वेम्बलीमा हुनेछ । यसमा भिड्दै छन् लिभरपुल र न्युकासल युनाइटेड । लिभरपुल त प्रतियोगिताकै डिफेन्डिङ च्याम्पियन हो ।

गत सिजन क्लबको प्रशिक्षकमा योर्गन क्लोप रहेका थिए । लिग कपको उपाधि लिभरपुलकै नाममा रह्यो । त्यसयता क्लोपले प्रशिक्षकको जिम्मेवारी छाडेका छन् । अहिले लिभरपुलका प्रशिक्षक हुन्, आर्ने स्लट ।

सिजनको सुरुमा शंका थियो, स्लट आएयता लिभरपुललाई गाह्रै हुनेछ । तर, त्यस्तो केही भएन । स्लट आफू लिभरपुलको प्रशिक्षक भएयता पहिलो उपाधि जित्ने अभियानमा छन् ।

 फाइनलमा ओर्लिंदा यही लिभरपुल चोटग्रस्त जस्तै रहनेछ । युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ बाट लिभरपुल बाहिरिइसकेको छ ।

फेरि लिग कपकै इतिहासमा लिभरपुल सबैभन्दा सफल क्लब हो । टोलीले कीर्तिमान १० पल्ट लिग कपको उपाधि जितेको छ । त्यस अर्थमा लिभरपुललाई फाइनलमा अनुभवले काम गर्न सक्नेछ । फुटबल पण्डितहरू मान्छन्, यसपल्ट पनि उपाधि जित्ने लिभरपुलले नै हो ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल  र न्युक्यासल युनाइटेड ।

तर, फाइनलमा ओर्लिंदा यही लिभरपुल चोटग्रस्त जस्तै रहनेछ । युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ बाट लिभरपुल बाहिरिइसकेको छ । टोलीको चुनौतीलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले काटेको हो । त्यसैले यहाँनिर दुईथोक हुनसक्छ, फाइनलमा लिभरपुल त्यही चोटका कारण फिक्का साबित हुन सक्नेछ । होइन, च्याम्पियन्स लिग नजितेर के भयो र यही लिग कप जित्छौं पनि भन्न सक्नेछ अनि त्यसअनुसार खेल्न सक्नेछ ।

लिभरपुलले यो लिग कप जित्ने हो भने टोलीका लागि आफ्नो पूरापूर ध्यान इङ्लिस प्रिमियर लिगमै मात्र केन्द्रित गर्ने अवसर हुनेछ । टिमभित्र कुनै न कुनै प्रकारको मतभेद त छ नै ।

न्युकासलले सन् १९५५ यता कुनै पनि ठूलो उपाधि जितेको छैन । यो भनेको केही नभए पनि ७० वर्ष भइसकेको छ । 

विशेषतः जादुयी खेल प्रदर्शन गरिरहेका मोहम्मद सलाह, कप्तान भर्जिल भान डाइक र ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको भविष्यलाई लिएर टिमभित्र अन्योल छ ।

न्युकासलको स्थिति भने फेरि ठ्याक्कै फरक छ । यो यस्तो क्लब हो, जसलाई उपाधि कसरी जित्ने हो, त्यो केही थाहा छैनभन्दा हुन्छ ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल र न्युक्यासल युनाइटेड ।

त्यसैले त न्युकासलले सन् १९५५ यता कुनै पनि ठूलो उपाधि जितेको छैन । यो भनेको केही नभए पनि ७० वर्ष भइसकेको छ । यो त असाध्यै धेरै लामो समय हो । त्यसैले न्युकासलको यो पुस्ताका समर्थकलाई के थाहा छैन भने यो क्लबले अन्तिम पटक जितेको के थियो भनेर । केही अवसरमा फाइनल पुगेको भए पनि न्युकासलको भाग्यमा एउटै लेखिएको हुन्छ, हार । तर यतिभन्दा भन्दै पनि न्युकासल आफैंमा लयमा अहिले ।लिगमा राम्रो गरिररहेको त छ । अब त न्युकासल इङ्लिस फुटबलमै पनि एउटा बलियो शक्ति भएको छ । प्रशिक्षक एडी हाउले न्युकासललाई पछिल्ला केही सिजनयता राम्रो गति दिएका छन् । न्युकासलले लिभरपुललाई सुरुदेखि दबाबमा राख्ने हो भने त्यसको फाइदा उठाउन सक्छ । जसरी लिभरपुलले पिएसजीविरुद्ध खेलेको छ, त्यसले देखाउँछ, यो टिमलाई हराउन नसक्ने भन्ने केही छैन । तय छ, फाइनल आफैंमा रोमाञ्चक रहनेछ ।

गत संस्करणको च्याम्पियन लिभरपुल ।