चैत्र २, २०८१ शनिबार | ०९:०६:५६
एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने
शनिबारको दिन विश्व फुटबल

विश्वकप फुटबल र ट्रम्पको नीति

काठमाडौं । अबको १४ महिनामा उत्तरी अमेरिकाले चौथो पटक फिफा पुरुष विश्वकप फुटबल संस्करण आयोजना गरिरहेको हुनेछ । फिफा विश्वकपको २३औं संस्करण अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

विश्वकपको मिति नजिकिँदै जाँदा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फुटबलको कुम्भमेलाको तयारीका लागि कार्यदल गठन गरेका छन् ।

यो कार्यदल गठन गर्नुको मुख्य उद्देश्य हो, प्रतियोगिताका सह-आयोजकबीच निम्तिएको व्यापार तनावका बावजुद संयुक्त राज्य अमेरिका विश्वकप आयोजनालाई तयार छ भनेर सुनिश्चित गर्नु ।

गत नोभेम्बरमा सम्पन्न चुनावमा डोनाल्ड ट्रम्पले निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो पटक निर्वाचित भएका थिए । जनवरी २०, २०२५ मा पदभार ग्रहण गर्दै ट्रम्पले आफ्नो दोस्रो कार्यकालका सुरु गरेका थिए ।

 १०४ मध्ये ७८ खेल अमेरिकामा खेलिनेछ भने मेक्सिको र क्यानाडामा समान १३ खेल हुनेछ । फाइनल जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ रंगशालामा हुनेछ । 

आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले मेक्सिको क्यानडा र चीनजस्ता प्रमुख व्यापारिक साझेदारहरूरूमा नयाँ कर शुल्क लगाउनेसहित धेरै महत्त्वपूर्ण नीतिहरू सुरु गरेका छन्, जसले गर्दा नयाँ व्यापार युद्ध र विश्वव्यापी आर्थिक अनिश्चितता निम्तिने खतरा बढेको छ ।

लागूऔषध तस्करी र आप्रवासन जस्ता मुद्दाहरूलाई न्युनिकरण गर्ने उद्देश्यसहित गत साता मात्र ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारले मेक्सिको र क्यानाडाबाट आयात गरिएका सामानमा २५ प्रतिशत कर लगायो । जसले सबै आम फुटबलप्रेमीको ध्यान तानेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  (दायाँ) र फिफा अध्यक्ष जियानी इन्फान्टिनो ।

जहाँ आर्थिक अनिश्चितताले आसन्न विश्वकपमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । तर क्यानाडा र मेक्सिकोबीचको राजनीतिक र आर्थिक तनाबकाबीच पनि प्रतियोगिता राम्रो हुने राष्ट्रपति ट्रम्पको बुझाइ छ ।

‘मलाई लाग्छ यसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने छ,’ आयोजक राष्ट्रका नेताहरूबीचको चिसोपनबीच विश्वकप खेल्ने कुरामा ट्रम्पले धारणा राखे, ‘तनाव राम्रो कुरा हो ।’

ट्रम्पको अध्यक्षतामा रहेको कार्यदलले संघीय सरकारको सुरक्षा र प्रतियोगिताको योजनाको समन्वय गर्नेछ । यो समन्वयले लाखौं पर्यटकलाई अमेरिका, क्यानाडा र मेक्सिकोमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

विश्वकप आयोजनाको दुई वर्षपछि ट्रम्प प्रशासनले विश्वव्यापी खेलकुद मञ्चमा दोस्रो परीक्षाको सामना गर्नेछ । २०२८ मा क्यालिफोर्नियामा ग्रीष्मकालीन ओलम्पिक हुनेछ । 

महादेशभर विश्वकपको तयारी जोडतोडले सुरु भइरहँदा अमेरिका र छिमेकी देशहरूबीच तनाव पनि उत्तिकै बढ्दै गएको छ । ट्रम्पले बारम्बार कर लगाउने धम्की दिँदै आएका छन्, जसले बजारलाई चिन्तित बनाएको छ । यसले गर्दा व्यापार युद्ध र आर्थिक मन्दीको डर बढ्दै गएको छ ।

आफ्नो राजनीतिक यात्रामा आलोचना र चर्चाको केन्द्रमा रहँदै आएका ट्रम्पले यसबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोका बारेमा नकारात्मक टिप्पणी पनि गरेका छन् । ट्रम्पले क्यानमडा अमेरिकाको हिस्सा बनेको बारेमा मजाक उडाएका थिए । यसले क्यानाडाका जनतालाई आफ्नो देशप्रति अझ गर्व महसुस गराएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  (दायाँ) र फिफा अध्यक्ष जियानी इन्फान्टिनो ।

आसन्न विश्वकपमा पहिलो पटक ४८ टोलीको सहभागिता रहनेछ । यी ४८ टोलीले कुल १०४ खेल खेल्नेछन् । अर्को कुरा इतिहासमै पहिलो पटक तीन देशमा विश्वकपको आयोजना गरिँदैछ । १०४ मध्ये ७८ खेल अमेरिकामा खेलिनेछ भने मेक्सिको र क्यानाडामा समान १३ खेल हुनेछ । फाइनल जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ रंगशालामा हुनेछ । 

विश्वकप आयोजनाको दुई वर्षपछि ट्रम्प प्रशासनले विश्वव्यापी खेलकुद मञ्चमा दोस्रो परीक्षाको सामना गर्नेछ । २०२८ मा क्यालिफोर्नियामा ग्रीष्मकालीन ओलम्पिक हुनेछ । २६ वर्षपछि अमेरिकाले पहिलो पटक ओलम्पिकको आतिथ्यता गर्न लागेको हो । यसअघि २००२ मा साल्टलेक सिटीमा विन्टर ओलम्पिकको आयोजना भएको थियो ।

फिफा विश्वकप दोस्रो पटक संयुक्त राज्य अमेरिकामा हुन लागेको हो । यसअघि १९९४ मा अमेरिकाले विश्वकपको १५औं संस्करण आयोजना गरेको थियो । उक्त संस्करणमा कुल २४ टोलीले सहभागिता जनाएका थिए । यसपालि सहभागी राष्ट्रको संख्या त्यसको दुई गुणा हुनेछ । यो चुनौतीका लागि राष्ट्रपति ट्रम्प तयार छन् ।