काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो विदेशी खेलाडीका रूपमा सेनेगलका विंगर अमाडो डिओपलाई अनुबन्ध गरेकाे छ ।
काठमाडौंले एनएसएलको तेस्रो संस्करणका लागि डिओपसँग सम्झौता गरेको हो ।
यसअघि क्लबले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे र सेनेगलका गाेलकिपर चेइख गुएय सँग सम्झौता गरेको थियो ।
काठमाडौंकाे मार्की खेलाडीमा मिडफिल्डर रोहन कार्की छन् । यसैगरी टोलीले बेल्जियमका प्याट्रिक डे विल्डेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता चैत अन्तिम साता हुने तयारी छ । यसपल्ट काठमाडौंसहित ललितपुर सिटी एफसी,झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।