चैत्र ११, २०८२ बुधबार | ०५:०१:२५
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

छैटौं चरण शुक्रबारबाटः आकर्षणको केन्द्रमा मनाङ र मछिन्द्रको भिडन्त

काठमाडौं ।  सहिद स्मार ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट  छैटौं चरणका खेल हुँदैछन् । 

छैटौं  चरणको दोस्रो दिन( शनिबार) शीर्ष स्थानको होडमा रहेका मनाङ मस्र्याङदी र मच्छिन्द्र क्लब आमने सामने हुँदैछन् । पाँच खेलमा १३ अंक जोड्दै मनाङ शीर्ष स्थानमा छ भने समान खेलमा ११ अंक बटुलेको मच्छिन्द्र दोस्रो स्थानमा छ । नौ अंकसहित त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ ।

सातौ चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टोलीले नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्ने भएकाले पनि मनाङ र मच्छिन्द्रको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

सातौ चरणमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा आतिथ्य प्रदान गर्दा मच्छिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्नेछ । 

मनाङका प्रशिक्षक तोपे फुजाले स्वभाविक खेल खेल्दै जितका लागि मच्छिन्द्रको सामना गर्ने बताए । 

‘हामी सबै खेल जितका लागि खेल्नै हो । स्वभाविक खेल देखाउँदै लयलाई निरन्तरता दिन चाहन्छौं,’ मनाङका प्रशिक्षक तोपे फुजाले भने, ‘सबै टोलीलाई अंकको खाँचो छ । जितका लागि खेल्ने रणनीति बनाएको छाै‌ । तर हामीले स्वभाविक र रणनीतिक हिसाबमा खेल्न चाहन्छौं । जसले गर्दा जित अवश्य मिल्छ ।’

मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेलमा सम्भावन कायम राख्न लागि शीर्ष स्थानमा रहेको मनाङसँगको खेल जित्नै पर्ने दबाब रहेको बताए । 

‘मनाङसँगको खेलमा स्पष्ट तीनअंक निकै महत्वपूर्ण छ । एएफसी कप छनोट र लिगमा अगाडि बढ्न जित्न आवश्यक छ,’ कटुवालले भने, ‘टोलीमा इन्जुरी समस्य भएको छ । यद्यपि हामी सुखद नजितका लागि खेल्छौं ।’

छैटौ चरणको पहिलो खेलमा शुक्रबार एपिएफले  न्यूरोड टिम (एनआरटी) को सामना गर्नेछ । पाँचौ चरणमा आएर जितको स्वाद चाखेको एपिएफ एनआरटीविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच भेट हुनेछ । 

फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेशनको दबाब रहेकाले पुलिसविरुद्ध तीन अंकको विकल्प नभएको बताए । 

‘हामीलाई पुलिसविरुद्ध तीन अंकको आवश्यक छ । पुलिस पनि जितकै दबाबमा छ ‘,मिश्रले भने, ’पहिलो हाफमा जुन टिमले राम्रो प्रदर्शन गर्दै गोल गर्छ उही टिमले जित्छ जस्तो लाग्छ ।'

तर मिश्रले एन्फाले लिगमा फिफा ब्याचविनाका रेफ्रीलाई जिम्मेवारी दिइएको भन्दै आक्रोश पोखे ।

छैटौ चरणमा आइतबारको दोस्रो खेल थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदैछ । 

आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले थ्रीस्टार सँगको खेलमा स्पष्ट तीन अंकका लागि मैदान उत्रिने बताए ।  

‘केही राम्रा खेलाडीमा इन्जुरी हुँदा हामीलाई केही घाटा लागेको छ । पछिल्लो खेलमा हामी रोकिए पनि हाम्रो लक्ष्य भनेको उपाधि नै हो,’ आर्मीका प्रशिक्षक न्यौपानले भने, ‘उपाधि होडमा रहिरहन स्पष्ट तीन अंक निकै महत्वपूर्ण छ । हामी मुख्य खेलाडीविना नयाँ खेलाडीलाई उत्रार्नु च्यालेन्ज छ ।  जित पनि उत्तिकै आवश्यक छ ।’

 चिरपरिचित प्रतिद्वन्द्वी आर्मीविरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षक रविन्द्र शिलाकारले बताए । 

‘बलियो आर्मीविरुद्ध मैदान उत्रिने फरक रणनीतिका साथ तयारी गरिरहेको छ । अघिल्ला खेलमा हामीले सोचेजस्तो नतिजा ल्याउन सकेनौ ,’ थ्री स्टारका प्रशिक्षक रविन्द्रले भने, ‘आर्मीको मिडफिल्ड राम्रो छ । उसको   मिडफिल्डलाई रोक्दै हामीले मिडफिल्डमा राम्रो गरेर अंक जोड्ने रणनीति अपनाउँदै छौं । हाम्रो तयारी तीन अंकका लागि रहेको छ ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो