माघ १६, २०८२ शुक्रबार | ०८:५७:५४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

छैटौं चरण शुक्रबारबाटः आकर्षणको केन्द्रमा मनाङ र मछिन्द्रको भिडन्त

काठमाडौं ।  सहिद स्मार ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट  छैटौं चरणका खेल हुँदैछन् । 

छैटौं  चरणको दोस्रो दिन( शनिबार) शीर्ष स्थानको होडमा रहेका मनाङ मस्र्याङदी र मच्छिन्द्र क्लब आमने सामने हुँदैछन् । पाँच खेलमा १३ अंक जोड्दै मनाङ शीर्ष स्थानमा छ भने समान खेलमा ११ अंक बटुलेको मच्छिन्द्र दोस्रो स्थानमा छ । नौ अंकसहित त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ ।

सातौ चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टोलीले नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्ने भएकाले पनि मनाङ र मच्छिन्द्रको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।

सातौ चरणमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा आतिथ्य प्रदान गर्दा मच्छिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्नेछ । 

मनाङका प्रशिक्षक तोपे फुजाले स्वभाविक खेल खेल्दै जितका लागि मच्छिन्द्रको सामना गर्ने बताए । 

‘हामी सबै खेल जितका लागि खेल्नै हो । स्वभाविक खेल देखाउँदै लयलाई निरन्तरता दिन चाहन्छौं,’ मनाङका प्रशिक्षक तोपे फुजाले भने, ‘सबै टोलीलाई अंकको खाँचो छ । जितका लागि खेल्ने रणनीति बनाएको छाै‌ । तर हामीले स्वभाविक र रणनीतिक हिसाबमा खेल्न चाहन्छौं । जसले गर्दा जित अवश्य मिल्छ ।’

मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेलमा सम्भावन कायम राख्न लागि शीर्ष स्थानमा रहेको मनाङसँगको खेल जित्नै पर्ने दबाब रहेको बताए । 

‘मनाङसँगको खेलमा स्पष्ट तीनअंक निकै महत्वपूर्ण छ । एएफसी कप छनोट र लिगमा अगाडि बढ्न जित्न आवश्यक छ,’ कटुवालले भने, ‘टोलीमा इन्जुरी समस्य भएको छ । यद्यपि हामी सुखद नजितका लागि खेल्छौं ।’

छैटौ चरणको पहिलो खेलमा शुक्रबार एपिएफले  न्यूरोड टिम (एनआरटी) को सामना गर्नेछ । पाँचौ चरणमा आएर जितको स्वाद चाखेको एपिएफ एनआरटीविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्बलबीच भेट हुनेछ । 

फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेशनको दबाब रहेकाले पुलिसविरुद्ध तीन अंकको विकल्प नभएको बताए । 

‘हामीलाई पुलिसविरुद्ध तीन अंकको आवश्यक छ । पुलिस पनि जितकै दबाबमा छ ‘,मिश्रले भने, ’पहिलो हाफमा जुन टिमले राम्रो प्रदर्शन गर्दै गोल गर्छ उही टिमले जित्छ जस्तो लाग्छ ।'

तर मिश्रले एन्फाले लिगमा फिफा ब्याचविनाका रेफ्रीलाई जिम्मेवारी दिइएको भन्दै आक्रोश पोखे ।

छैटौ चरणमा आइतबारको दोस्रो खेल थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुँदैछ । 

आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले थ्रीस्टार सँगको खेलमा स्पष्ट तीन अंकका लागि मैदान उत्रिने बताए ।  

‘केही राम्रा खेलाडीमा इन्जुरी हुँदा हामीलाई केही घाटा लागेको छ । पछिल्लो खेलमा हामी रोकिए पनि हाम्रो लक्ष्य भनेको उपाधि नै हो,’ आर्मीका प्रशिक्षक न्यौपानले भने, ‘उपाधि होडमा रहिरहन स्पष्ट तीन अंक निकै महत्वपूर्ण छ । हामी मुख्य खेलाडीविना नयाँ खेलाडीलाई उत्रार्नु च्यालेन्ज छ ।  जित पनि उत्तिकै आवश्यक छ ।’

 चिरपरिचित प्रतिद्वन्द्वी आर्मीविरुद्ध आफ्ना लागि तीन अंक महत्वपूर्ण भएको भन्दै आक्रामक खेल खेल्ने थ्री स्टारका प्रशिक्षक रविन्द्र शिलाकारले बताए । 

‘बलियो आर्मीविरुद्ध मैदान उत्रिने फरक रणनीतिका साथ तयारी गरिरहेको छ । अघिल्ला खेलमा हामीले सोचेजस्तो नतिजा ल्याउन सकेनौ ,’ थ्री स्टारका प्रशिक्षक रविन्द्रले भने, ‘आर्मीको मिडफिल्ड राम्रो छ । उसको   मिडफिल्डलाई रोक्दै हामीले मिडफिल्डमा राम्रो गरेर अंक जोड्ने रणनीति अपनाउँदै छौं । हाम्रो तयारी तीन अंकका लागि रहेको छ ।’
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।