चैत्र १४, २०८२ शनिबार | ०४:३८:५१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एपिएफको एकतर्फी जित

वालिङविरुद्ध बल अगाडि बढाउँदै सरु लिम्बु (नीलो जर्सी), तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा शुक्रबार वालिङ नगरपालिकाविरुद्ध १०-० को फराकिलो जित ।

लगातार छैटौं जितसँगै शीर्षस्थानको एपिएफले ६ खेलमा १८ अंक जोडेको छ । ६ वटै खेलमा पराजित वालिङ अंकविहिन छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङले चार, सरु लिम्बु र सविता रानामगरले समान दुई तथा प्रीति राई र रेनुका नगरकोटेले समान एक गोल गरे । 

खेलको सातौं मिनेटमा रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । एक मिनेटपछि रश्मीले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

वालिङविरुद्ध प्रतिस्पर्धा गर्दै प्रीति राई (नीलो जर्सी), तस्विरः सरोज सापकोटा/खेलाडी । 

प्रीतिले २०औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् । २३औं मिनेटमा सरुले गोल गर्दा एपिएफको अग्रता ४-० मा पुग्यो ।

एक मिनेटपछि नै रेनुकाले एपिएफका लागि पाँचौं गोल गरिन् । २७औं मिनेटमा सरुले व्यक्तिगत दोस्रो गाेल गर्दा एपिएफले ६-० काे अग्रता लियाे । 

रश्मीले ५४औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । पाँच मिनेटपछि नै रश्मीले व्यक्तिगत चौथो गोल गर्दा एपिएफ ८-० ले अगाडि बढ्यो । सविताले ८३ र ८५औं मिनेटमा गोल गर्दै एपिएफलाई १०-० को सानदार जित दिलाइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो