चैत्र १३, २०८२ शुक्रबार | २३:५१:०८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

आर्मीविरुद्ध चर्च ब्वाइजको सानदार जित

फाइल तस्विर ।

काठमाडौं । करण चौधरीको उत्कृष्ट प्रदर्शनप्रेरित चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ११-१ को सानदार जित दर्ता गरेको छ ।

जितसँगै चर्च ब्वाइजले चार खेलबाट ९ अंक जोडेको छ। आर्मी भने जितविहीन छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन करणले ह्याट्रिक गर्दा, आशिक स्याङतान, आयुष राई र सनिल मगरले समान दुई तथा निशान तामाङ र सुशान्त थापामगरले समान एक गोल गरे । आर्मीका लागि अभिषेक खत्रीले गोल फर्का । 

खेलको पाँचौं मिनेटमा आशिकको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ४०औं मिनेटमा सनिलले टोलीको अग्रता दोब्बर बनाए  ।

आशिषले ४५औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा चर्च ब्वाइज ४-० ले अगाडि बढ्यो । ५५औं मिनेटमा निशानले चर्च ब्वाइजको अग्रता ५-० मा पुर्याए ।

दुई तीन मिनेटपछि नै करणले टोलीका लागि छैटौं गोल गरे । आशिकले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

सनिलले ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा चर्च ब्वाइजको अग्रता ८-० मा पुग्यो । दुई मिनेटपछि करणले व्यक्तिगत दोस्रो तथा टोलीका लागि नवौं गोल गरे ।

सुशान्तले ७७औं मिनेटमा गोल गर्दा चर्च ब्वाइजको अग्रता १०-० मा पुग्यो । दुई मिनेटपछि अभिषेकले गरेको गोल आर्मीका लागि सान्त्वना बन्यो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा करणले ह्याट्रिक गरेपछि चर्च ब्वाइज ११-१ ले विजयी भयो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो