चैत्र ८, २०८२ आइतबार | ०१:३८:२०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय महिला लिगः पुलिस र बागमतीको खेलमा देखिएको अनौठो दृश्य

पुलिसविरुद्ध प्रतिस्पर्धा गर्दै अञ्जली चन्द (रातो जर्सी), तस्विरः एन्फा ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भइरहेको एन्फा राष्ट्रिय महिला लिग अहिले दोस्रो चरणमा चलिरहेको छ । दोस्रो चरणलाई सुपर लिगको नाम दिइएको छ ।

मंगलबार सुपर लिगको छैटौं दिन हो । मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लब आमनेसामने भए । बलियो पुलिसले बागमतीलाई २-० ले निरास बनायो ।

यो लिग महिला फुटबलको सन्दर्भमा सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिगजस्तै हो यो लिग । तर, एन्फा मुख्यालय मैदानमा जे देखिन्छ नि त्यसले फिटिक्कै लाग्दैन, यो शीर्षस्तरको प्रतियोगिता हो भनेर ।

किन ? 
सुपर लिगमा अहिले ५ टोली प्रतिस्पर्धा गरिरहेका छन् । तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र पुलिस अनि बागमती र वालिङ नगरपालिकाल टिम छन् । तीन विभागीयबाहेक अन्य दुई क्लब औपचारिकताका लागि मात्र लिग खेलिरहेको देखिन्छ । बागमती केही हदसम्म वालिङभन्दा बलियो देखिएको छ । मैदानमा बागमतीले वालिङभन्दा बलियो प्रस्तुति देखाएको छ ।

मंगलबार एन्फा मुख्यालय मैदानमा अचम्मको दृश्य देखियो । जसले नेपाली फुटबलको वर्तमान अवस्थाबारे छर्लङ्ग पारिदिएको छ ।

भएको के हो ? 
पुलिसविरुद्ध बागमतीले खेलाडी सूचीमा १८ खेलाडी समावेश गरेको थियो । जबकी मैदानमा मात्र १६ खेलाडी थिए । सुरुआती रोजाइ मैदानमा उत्रँदा टेक्निकल एरियामा मात्र पाँच खेलाडी रहे । बागमतीले सुदूरपश्चिम प्रदेशका दुई खेलाडी अञ्जली चन्द र अस्मिता चौधरीको नाम टोलीमा समावेश गरेको थियो । तर, यी खेलाडी दोस्रो हाफको अन्तिम समयमा मात्र उपस्थित भए ।

चरम विवादका कारण लिगको पहिलो चरणमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्न नपाएका खेलाडी हुन् अञ्जली र अस्मिता । अञ्जली त छनोट खेलमा टोलीकी कप्तान नै थिइन् । बागमतीले यी दुई खेलाडी समावेश गर्दै १५ दिन बन्द प्रशिक्षण गरेको थियो ।

सर्लाहीमा बन्द प्रशिक्षणपछि टोलीका सबै सदस्य लिग खेल्न काठमाडौं आउँदा अञ्जली र अस्मिता भने सुदूरपश्चिमबाट रिलीज नपाउँदा धनगढी फर्किएका थिए । उनीहरु एक/दुई खेलपछि काठमाडौं आइपुग्ने बताइएको थियो । मंगलबार रिलिज भएसँगै उनीहरु लिग खेल्न धनगढीबाट काठमाडौं ओर्लिएका हुन् ।

काठमाडौं ओर्लिनेबित्तिकै उनीहरु तुरुन्तै मैदान आइपुगे । एन्फा मुख्यालय प्रवेश गर्न नपाउँदै फटाफट जर्सी लगाए अनि मैदान उत्रन तयार भए । निर्धारित समय सकिन मात्र आठ मिनेट समय बाँकी थियो । थप समय बित्न नपाउँदै उनीहरु प्रतिस्थापन भए । यी दुईले आफ्नो पहिलो खेल खेले ।

बागमतीका प्रशिक्षक सोनाम लामा ।

‘धनगढीबाट काठमाडौं आउँदा आउँदै ढिला भयो । त्यसैले हामीले अन्तिममा उनीहरुलाई मैदान छिराउन बाध्य भएका हौं । खासमा यी खेलाडीलाई सुरुआती रोजाइमै खेलाउने योजना थियो,’ बागमतीका मुख्य प्रशिक्षक सोनाम लामाले भने ।

खेलाडीलाई वार्मअप नै नगराई मैदानमा छिराउनुपर्ने बाध्यताबीच बागमतीले पुलिसविरुद्ध हार बेहोरेको हो । विभागीय टोलीले खेलाडी सूचीमा २३ खेलाडी समावेश गराइरहँदा बागमती र वालिङ भने खेलाडी जोहो गर्न नै संघर्ष गरिरहेका छन् ।

यस्तोमा शीर्षस्तरको महिला लिगमा व्यावसायिकताको प्रश्न उठेको छ । वालिङ र बागमतीले तेस्रो खेलसम्म आइपुग्दा १८ खेलाडीमात्र समावेश गर्न सकेको छ । त्यसो त विभाग बाहिरका खेलाडी शारीरिक रूपमै कमजोर हुन्छन् । यस्तोमा २३ सदस्यीय खेलाडीको अभाव हुनु यी टोलीका लागि गम्भीर विषय हो ।

त्यसैले त हो, लिगमा दुवै टोलीको चुनौती औपचारिकतामा मात्र सीमित भएको । यो कागजमा मात्र होइन प्रशिक्षक स्वयंले मौखिक रूपमा भनेको कुरा हो । अघिल्लो खेलमा प्रशिक्षक लामा आफैंले टोली आर्थिक अभावबाट गुज्रिइरहेको र टोलीको लक्ष्य कम गोल खाएर चौथो स्थानमा रहँदै प्लेअफमा पुग्ने बताएका थिए ।

पुलिसविरुद्धको खेलपछि भने लामा केही सकारात्मक देखिए । उनले भने, ‘हामी सकेसम्म सुपर लिगको दोस्रो लेगमा पुलिस र आर्मीलाई रोक्ने प्रयास हुन्छौं । हामीसँग खेलाडी नभएको होइन । विस्तारै २३ सदस्यीय खेलाडी समावेश गर्छौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो