माघ १५, २०८२ बिहीबार | १६:३५:०३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

राष्ट्रिय महिला लिगः पुलिस र बागमतीको खेलमा देखिएको अनौठो दृश्य

पुलिसविरुद्ध प्रतिस्पर्धा गर्दै अञ्जली चन्द (रातो जर्सी), तस्विरः एन्फा ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भइरहेको एन्फा राष्ट्रिय महिला लिग अहिले दोस्रो चरणमा चलिरहेको छ । दोस्रो चरणलाई सुपर लिगको नाम दिइएको छ ।

मंगलबार सुपर लिगको छैटौं दिन हो । मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लब आमनेसामने भए । बलियो पुलिसले बागमतीलाई २-० ले निरास बनायो ।

यो लिग महिला फुटबलको सन्दर्भमा सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिगजस्तै हो यो लिग । तर, एन्फा मुख्यालय मैदानमा जे देखिन्छ नि त्यसले फिटिक्कै लाग्दैन, यो शीर्षस्तरको प्रतियोगिता हो भनेर ।

किन ? 
सुपर लिगमा अहिले ५ टोली प्रतिस्पर्धा गरिरहेका छन् । तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र पुलिस अनि बागमती र वालिङ नगरपालिकाल टिम छन् । तीन विभागीयबाहेक अन्य दुई क्लब औपचारिकताका लागि मात्र लिग खेलिरहेको देखिन्छ । बागमती केही हदसम्म वालिङभन्दा बलियो देखिएको छ । मैदानमा बागमतीले वालिङभन्दा बलियो प्रस्तुति देखाएको छ ।

मंगलबार एन्फा मुख्यालय मैदानमा अचम्मको दृश्य देखियो । जसले नेपाली फुटबलको वर्तमान अवस्थाबारे छर्लङ्ग पारिदिएको छ ।

भएको के हो ? 
पुलिसविरुद्ध बागमतीले खेलाडी सूचीमा १८ खेलाडी समावेश गरेको थियो । जबकी मैदानमा मात्र १६ खेलाडी थिए । सुरुआती रोजाइ मैदानमा उत्रँदा टेक्निकल एरियामा मात्र पाँच खेलाडी रहे । बागमतीले सुदूरपश्चिम प्रदेशका दुई खेलाडी अञ्जली चन्द र अस्मिता चौधरीको नाम टोलीमा समावेश गरेको थियो । तर, यी खेलाडी दोस्रो हाफको अन्तिम समयमा मात्र उपस्थित भए ।

चरम विवादका कारण लिगको पहिलो चरणमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्न नपाएका खेलाडी हुन् अञ्जली र अस्मिता । अञ्जली त छनोट खेलमा टोलीकी कप्तान नै थिइन् । बागमतीले यी दुई खेलाडी समावेश गर्दै १५ दिन बन्द प्रशिक्षण गरेको थियो ।

सर्लाहीमा बन्द प्रशिक्षणपछि टोलीका सबै सदस्य लिग खेल्न काठमाडौं आउँदा अञ्जली र अस्मिता भने सुदूरपश्चिमबाट रिलीज नपाउँदा धनगढी फर्किएका थिए । उनीहरु एक/दुई खेलपछि काठमाडौं आइपुग्ने बताइएको थियो । मंगलबार रिलिज भएसँगै उनीहरु लिग खेल्न धनगढीबाट काठमाडौं ओर्लिएका हुन् ।

काठमाडौं ओर्लिनेबित्तिकै उनीहरु तुरुन्तै मैदान आइपुगे । एन्फा मुख्यालय प्रवेश गर्न नपाउँदै फटाफट जर्सी लगाए अनि मैदान उत्रन तयार भए । निर्धारित समय सकिन मात्र आठ मिनेट समय बाँकी थियो । थप समय बित्न नपाउँदै उनीहरु प्रतिस्थापन भए । यी दुईले आफ्नो पहिलो खेल खेले ।

बागमतीका प्रशिक्षक सोनाम लामा ।

‘धनगढीबाट काठमाडौं आउँदा आउँदै ढिला भयो । त्यसैले हामीले अन्तिममा उनीहरुलाई मैदान छिराउन बाध्य भएका हौं । खासमा यी खेलाडीलाई सुरुआती रोजाइमै खेलाउने योजना थियो,’ बागमतीका मुख्य प्रशिक्षक सोनाम लामाले भने ।

खेलाडीलाई वार्मअप नै नगराई मैदानमा छिराउनुपर्ने बाध्यताबीच बागमतीले पुलिसविरुद्ध हार बेहोरेको हो । विभागीय टोलीले खेलाडी सूचीमा २३ खेलाडी समावेश गराइरहँदा बागमती र वालिङ भने खेलाडी जोहो गर्न नै संघर्ष गरिरहेका छन् ।

यस्तोमा शीर्षस्तरको महिला लिगमा व्यावसायिकताको प्रश्न उठेको छ । वालिङ र बागमतीले तेस्रो खेलसम्म आइपुग्दा १८ खेलाडीमात्र समावेश गर्न सकेको छ । त्यसो त विभाग बाहिरका खेलाडी शारीरिक रूपमै कमजोर हुन्छन् । यस्तोमा २३ सदस्यीय खेलाडीको अभाव हुनु यी टोलीका लागि गम्भीर विषय हो ।

त्यसैले त हो, लिगमा दुवै टोलीको चुनौती औपचारिकतामा मात्र सीमित भएको । यो कागजमा मात्र होइन प्रशिक्षक स्वयंले मौखिक रूपमा भनेको कुरा हो । अघिल्लो खेलमा प्रशिक्षक लामा आफैंले टोली आर्थिक अभावबाट गुज्रिइरहेको र टोलीको लक्ष्य कम गोल खाएर चौथो स्थानमा रहँदै प्लेअफमा पुग्ने बताएका थिए ।

पुलिसविरुद्धको खेलपछि भने लामा केही सकारात्मक देखिए । उनले भने, ‘हामी सकेसम्म सुपर लिगको दोस्रो लेगमा पुलिस र आर्मीलाई रोक्ने प्रयास हुन्छौं । हामीसँग खेलाडी नभएको होइन । विस्तारै २३ सदस्यीय खेलाडी समावेश गर्छौं ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।