काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक रुवेन अमोरिमले इङ्लिस प्रिमियर लिगमा रेलिगेशनको सम्भावना रहेको बताएका छन् ।
सोमबार राति टोली घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग २-० ले पराजित भयो । टोली लगातार घरमा तेस्रो पटक पराजित भएको हो । न्युक्यासलको लागि एलेक्जान्डर इसाक र जाइलिन्टनले गोल गरेका हुन् ।
योसँगै युनाइटेडले पछिल्ला ६ खेलमा चौथो हार बेहोरेको छ । नयाँ वर्षसँगै टोली तालिकाको १४औं स्थान झर्याे । योसँगै रेलिगेशनमा परेर च्याम्पियन्सिप खेल्ने सम्भावना उच्च बनेको छ ।
‘मलाई लाग्छ, रेलिगेशनको सम्भावना उच्च छ,’ हारपछि निराश देखिएका अमोरिमले भने, ‘हामीले यसबारे समर्थकलाई भन्नुपर्छ । हामी यसलाई यो सिजन परिवर्तन गर्न सक्दैनौं । तर, अर्काे वर्ष भने पक्कै राम्रो गर्नुपर्छ । तर, टोलीमा धेरै परिवर्तन हुनुपर्छ ।’
न्युक्यासल भने १९ खेलबाट ३२ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । १८ खेलबाट ४५ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहेको छ ।