काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार घरेलु टोली पाराग्वेसँग २-१ ले पराजित भएको छ ।
हारका बाबजुद ११ खेलमा २२ अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा कायम छ । जित निकालेको पाराग्वे समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ ।
डिफेनसोर्स डेल चेको रंगशालामा पाराग्वेलाई जित दिलाउन एन्टोनियो सानाब्रिया र ओमर एल्डरेटेले गोल गरे । अर्र्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे ।
खेलको ११औं मिनेटमा मार्टिनेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । तर आठ मिनेटपछि नै सानाब्रियाले पाराग्वेलाई बराबरीमा ल्याए ।
एल्डरेटेले ४७औं मिनेटमा गोल गर्दै पाराग्वेलाई २-१ ले अगाडि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा पाराग्ेवले रोमाञ्चक पुनरागमन जित दर्ता गर्यो ।
भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC