चैत्र १८, २०८२ बुधबार | ०८:४६:२९
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

प्रशिक्षक एनरिकेसँग झगडा गरेपछि डेम्बेलेलाई कार्बाही, आर्सनलविरुद्धको खेल गुमाउने

काठमाडौं । मंगलबार राति युइएफए च्याम्पियन्स लिगको आफ्नो दोस्रो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले इङ्लिस क्लब आर्सनलको सामना गर्दैछ । यस बहुप्रतिक्षित खेलअघि आर्सनलले केही राहत महसुस गरेको छ ।

पिएसजीका प्रमुख खेलाडी ओस्मान डेम्बेले टोलीमा समावेश नभएपछि आर्सनललाई घरेलु मैदानमा हुने खेलमा केही राहत पुग्ने अनुमान गरिएको छ ।

यस सिजन डेम्बेले उच्च लयमा छन् । फ्रेन्च विंगर डेम्बेलेले लिगमा ६ खेल खेल्दा ४ गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगको पहिलो खेलमा जिरोनाविरुद्ध पनि खेलेको थिए । 

विभिन्न सञ्चार माध्यमका अनुसार मुख्य प्रशिक्षक लुइस एनरिकेसँग विवाद भएपछि डेम्बेलेलाई लण्डन भ्रमण गर्न लागेको टोलीमा नराखिएको हो । फ्रेन्च लिग वानमा रेनेसविरुद्धको खेलपछि उनीहरूबीच विवाद भएको थियो ।

रिनेसविरुद्ध ३-१ को सहज जित हासिल गरेको पिएसजी अंकतालिकाको शीर्षस्थानमा छ । खेलमा एक गोलका लागि असिस्ट दिएका २७ वर्षिय विंगर डेम्बेलेलाई ८२औं मिनेटमा प्रतिस्थापन गरिएको थियो । उनको स्थानमा एनरिकेले १६ वर्षिय फ्रेन्च विंगर इब्राहिम एमबायेलाई मौका दिएका थिए । प्रतिस्थापनपछि एनरिके र डेम्बेलेबीच तनाव सृजना भएको थियो ।

‘यदि कसैले खेलको सम्मान गर्दैन भने उ खेलका लागि तयार छैन । म मेरो खेलाडी खेलका लागि तयार रहेको हेर्न चाहन्छु, त्यसैले मैले डेम्बेलेलाई टोलीबाट हटाएको हुँ । म टोलीबाट शीर्षस्तरको प्रदर्शन अपेक्षा गर्छु । यो मेरो काम हो,’ एनरिकेले भने, ‘यो एउटा गाह्रो परिस्थिति हो । तर, प्रशिक्षकको जिम्मेवारीमा भएपछि हामीले गाह्रो निर्णय पनि लिनुपर्छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो