फाल्गुन ७, २०८२ बिहीबार | १५:१८:३७
विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य

लिगको दोस्रो चरण सम्पन्नः गोल औसत घट्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण सोमबार सकिदाँ सहभागी सबै टोलीको फाइनल ‘थर्ड’ मा समस्या देखियो ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा निकै कम गोल भए । पहिलो चरणमा प्रतिखेल २.२८ को औसतमा १६ गोल भएका थिए । तर दोस्रो चरणमा यो घटेर १.० रह्यो । दोस्रो चरणका सात खेलमा मात्र सात गोल भए ।

लिगको पहिलो र दोस्रो चरणको समाप्तीसम्म १.६४ को औसतमा १४ खेलमा २३ गोल भएका छन् ।

साविक विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब सोमबार गोलरहित बराबरीमा रोकिएसँगै लिगको दोस्रो चरण टुङ्गिएको थियो ।

पछिल्ला सात खेलमा दुई गोल गर्ने संकटा एकमात्र टोली बन्दा सातदोबाटो, फ्रेन्ड्स, च्यासल, नेपाल पुलिस र मनाङ मर्स्याङदीले समान एक गोल गरे । त्यस्तै आर्मी, मछिन्द्र, एपिएफ, थ्री स्टार, एनआरटी, ब्रिगेड ब्वाइज, जावलाखेल र हिमालयन शेर्पा दोस्रो चरणमा गोल गर्न असर्मथ रहे ।

दोस्रो चरणको पहिलो खेलमा शुक्रबार नवप्रवेशी सातदोबाटोले थ्री स्टारलाई १-० ले पराजित गर्दा सोही दिनको दोस्रो खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गर्यो ।

शनिबार च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गर्यो । मनाङले हिमालयन शेर्पाको चुनौती १-० ले पाखा लगायो ।

आइतबारको एकमात्र खेलमा पुलिसले जावलाखेललाई १-० ले पराजित गर्यो ।

सोमबार ब्रिगेड ब्वाइजले एनआरटी तथा साविक विजेता मछिन्द्रले गत सिजनको उपविजेता आर्मीसँग गोलरहित बराबरी खेले ।

लयमा मनाङ, आर्मीलाई सकस

मंसिर तीन गतेदेखि सुरु भएको लिगको दोस्रो चरणका खेल सकिदाँसम्म उपाधिको लक्ष्य बोकेको मनाङ मर्स्याङदी दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

दोस्रो चरणको समाप्तीसम्म उपाधि लक्ष्य बोकेका अन्य टोली आर्मी, मछिन्द्र र पुलिसमध्ये आर्मी सबैभन्दा धेरै समस्यामा रह्यो ।

दुवै खेलमा बराबरी नतिजामा सीमित भएको आर्मी दुई अंकसहित नवौं स्थानमा छ । आर्मी पहिलो खेलमा पुलिससँग १–१ को बराबरीमा रोकिएको थियो ।

त्यस्तै दुई खेलबाट चार अंक जोडेको संकटा दोस्रो, चारै अंक जोडेका ब्रिगेड ब्वाइज तेस्रो, मछिन्द्र चौथो, पुलिस पाँचौ र सातदोबाटो छैटौं स्थानमा छन् ।

लिगको सातौं स्थानमा समान तीन अंक जोडे पनि गोल आधारमा थ्री स्टार र आठौं स्थानमा च्यासल युथ क्लब छन् । त्रिभुवन आर्मी फुटबल क्लब दुई अंकसाथ नवौं स्थानमा रहँदा एक/एक जोडेका फ्रेन्ड्स, हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) क्रमस १०औं, ११औं र १२औं स्थानमा छन् ।

दोस्रो चरण समाप्त हुदाँसम्म खाता खेल्न नसकेको विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लब लिगको रेलिगेशन जोनमा छन् ।

नवप्रवेशी सातदोबाटोको सनसनी,

पहिलो खेलमा च्यासलमाथी ३-० को फराकिलो जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसामु भने निरिह देखियो । नवप्रवेशी सातदोबाटोले थ्री स्टारमाथी १-० को जित निकाल्दै अनुभवविहिन भए पनि कमजोर नरहेको सन्देश दियो । सातदोबाटोले यसअघि लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो ।

संकटमा एपिएफ,

दुई खेलको समाप्तीमै कुनै पनि टोली ‘संकट’ मा रहेको भन्न हतार होला । अझै ११ खेल बाँकी छन् । तर प्रत्येक सिजन लिगमा आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्ने विभागीय टोलीमध्येको सबैभन्दा कान्छो र कमजोर मानिएको एपिएफले यस सिजन पनि दुई खेल खेल्दासम्म आफ्नो छवि सुर्धान सकेको छैन ।

अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ र दोस्रो खेलमा च्यासलसँग १-० ले पराजित भयो ।

२३ पहेलो कार्ड,

दोस्रो चरणमा रेफ्रीले खल्तिबाट कुल २३ पहेलो कार्ड निकाले जसमा आर्मी र एनआरटीले तीन, मछिन्द्र, ब्रिगेड ब्वाइज, सातदोबाटो, एपिएफ, संकटा र हिमालयन शेर्पाले समान दुई पहेलो कार्डको दर्शन गरे । त्यस्तै मनाङ, जावलाखेल, पुलिस, थ्री स्टार र च्यासलले एक/एक पहेलो कार्डको दर्शन गर्दा फ्रेन्ड्सले दोस्रो चरणमा एउटै कार्डको सामना गरेन ।

दोस्रो चरणमा हिमालयन शेर्पाका युगलकिशोर राई पहेलो कार्डको दर्शन गर्ने एकमात्र प्रशिक्षक बने ।

लिगको पहिलो चरणमा एक रातोसहित २४ कार्ड निस्किएको थियो ।

तेस्रो चरणका खेलहरु १७ गतेदेखि सुरु हुँदैछन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||