काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सनोज श्रेष्ठलाई पुरुष राष्ट्रिय यु-१७ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले बिहीबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरे ।
यसैगरी एन्फाले धनेश्वर प्रजापतीलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । प्रजापतीले पनि बुधबार नै नियुक्ति पत्र प्राप्त गरेका थिए ।
भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १८ देखि २८ सम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको आयोजना हुँदैछ । एन्फाले यही प्रतियोगिताका लागि श्रेष्ठलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
श्रेष्ठसँग राष्ट्रिय यु-१५ टोलीको प्रशिक्षण सम्हाली सकेको अनुभव छ । उनकै नेतृत्वमा ब्रिगेड ब्वाइज क्लबले दुई पटक ललित स्मिृति यु-१८ प्रतियोगिताको उपाधि जितेको थियो । गत वर्षको जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले सातदोबाटो युथ क्लबको नेतृत्व सम्हालेका थिए ।
एन्फाले प्रतियोगिताका लागि जिल्ला छनोट गरिसकेको छ ।