काठमाडौं । इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा सहज जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा मियामीले टोरेन्टो एफसीलाई ३–१ ले हरायो ।
मियामीको जितमा फेडेरिको रेडोन्डोले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलसाथै एक गोलको लागि असिस्ट गरे ।
जितपछि इन्टर मियामी २४ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । टोलीले १५ खेल जित्दा पाँच बराबर र चार हार बेहोरेको छ । समान खेलबाट ४८ अंक जोडेको सिन्सिनाती दोस्रो स्थानमा छ । पराजित टोरेन्टो १८औं स्थानमा छ ।
यसै खेलमार्फत लुइस स्वारेजले टोलीका कमब्याक गरेका छन् । उनी कोपो अमेरिका खेल्न उरुग्वे टोलीमा थिए । स्वारेज ६१औं मिनेटमा मैदान प्रवेश गरेका हुन् । कप्तान लियोनल मेसी अर्जेन्टिनामै रहँदा टोलीमा छैनन् । सर्जियो बुस्क्वेट पछिल्लो खेलमा रातो कार्ड पछि निलम्बित थिए ।
घरेलु मैदानमा मियामीले खेलको ४३औं मिनेटमा अग्रता बनाएको थियो । डिअगो गोमेजले रेडोन्डोको पासमा गोल गरेका हुन् ।
जुलियन ग्रेसलको पासमा रेडोन्डोले ५३औं २–० को अग्रता बनाएका हुन् । गोमेजकै पासमा रेडोन्डोले ५९औं मिनेटमा तेस्रो गोल गरेका हुन् । ८०औं मिनेटमा डेरिक इटिनले ८०औं मिनेटमा एक गोल फर्काएका हुन् ।