चैत्र १८, २०८२ बुधबार | ०८:२५:३१
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

खुला छनोटबाट यु-२० र १७ टाेली तयार पारिने

यु-२० टोलीः फाइल तस्विर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला छनोटबाट यु-२० र १७ राष्ट्रिय फुटबल टोली तयार पार्ने भएको छ । त्यसका लागि एन्फाले सबै प्रदेश र जिल्ला संघलाई आइतबार पत्राचार गरेको छ ।

एन्फाको पत्रअनुसार प्रदेशले असार १० देखि १५ सम्म यु-२० र असार १७ देखि २२ सम्म यु-१७ का खेलाडी छनोट गरिसक्नु पर्छ ।

यसैगरी एन्फाले असार १८ देखि २५ सम्म यु-२० र साउन २५ देखि ३२ सम्म यु-१७ टोलीको छनोट गर्नेछ ।

यु-२० को छनोटमा २०६१ पुस १६ देखि २०६४ पुस १६ तथा यु-१७ को छनोटमा २०६४ पुस १७ देखि २०६७ पुस १६ सम्म जन्ममिति भएकाले भाग लिन पाउने छन् ।

यु-२० साफ साउन ३२ देखि भादै १२ गतेसम्म नेपाल तथा यु-१७ साफ आश्विन २ देखि १२ गते भुटानमा हुनेछ ।

यसैगरी छनोट भएका खेलाडीले आ-आफ्नो उमेर समूहको एसियन कप छनोटमा पनि सहभागिता जनाउनेछन् । यु-२० र यु-१७ एसियन कपको छनोटअन्तर्गत नेपालका खेल क्रमशः चाइनिज ताइपेई र कतारमा हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो