बायर्नलाई हराउँदै नकआउट चरण प्रवेश गर्ने जाभीको विश्वास

मड्रिड । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले च्याम्पियन्स लिगको अन्तिम खेलमा बायर्न म्युनिखको सामना गर्दा आफ्नो टोलीले जित हात पार्ने विश्वास व्यक्त गरेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना मंगलबार पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा खेल्दै अंक बाँडेको थियो । 

‘हामी राम्रो प्रदर्शन गरे पनि पाएको अवसर सदुपयोग गर्न  नसक्दा नकआउट चरणमा स्थान बनाउन सकेनौ,जाभीले भने, त्यसले हामीमाथि अन्तिम खेलमा जित्ने पर्ने दबाब पर्यो ।'

‘दुई खेलमा एक गोल गरेका छौ । त्यो पनि पेनाल्टीमा,’जाभीले भने ‘यो कुरा स्पष्ट छ कि हामी अझै प्रभावकारी हुनुपर्छ । हामी म्युनिखमा घरेलु टोलीलाई पराजित गदैै नकआउट चरणमा प्रवेश गर्नेछौ ।’

समूह ‘ई’ को बार्सिलोनाले पाँच खेलमा सात अंक जोड्दै दोस्रो स्थानमा छ ।