चैत्र १२, २०८२ बिहीबार | ०३:१२:१६
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

युरो २०२४ आजबाटः पुनर्जागृत जर्मनीको कीर्तिमानी चौथो उपाधि जित्ने लक्ष्य

बर्लिन । चौथो पटक उपाधि जितेर कीर्तिमान बनाउने योजनामा आयोजक जर्मनीले शुक्रबार रातीबाट सुरु हुने युरोपियन च्याम्पियनसिपको समूह चरणमा हंगेरी, स्विट्जरल्यान्ड र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पछिल्लो एक दशकदेखि अन्तर्राष्ट्रिय फुटबलमा अपेक्षा अनुसारको प्रदर्शनबाट चुकिरहेको जर्मनी अहिले उच्च फर्ममा छ । यसकारण समूह ‘ए’मा घरेलु टोलीको सुरुआत राम्रो हुने अपेक्षा गरिएको छ ।

प्रशिक्षक जुलियन नागेल्सम्यानको नेतृत्वमा टोलीभित्र थुप्रै सुधार गरेको जर्मनीले यसपाली आफै आयोजना गरेको युरोपेली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा लामै यात्रा गर्ने अपेक्षा छ । खासगरि मार्चमा फ्रान्स र नेदरल्यान्ड्समाथि हासिल गरेको प्रभावशाली जितका कारण पनि समर्थकहरु जर्मन टोलीसँग बढि आशावादी देखिएका हुन् ।

 युरो २०१६ को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको जर्मनी रुसमा भएको विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको थियो । जर्मनी कुनै पनि ठूलो प्रतियोगिताबाट यति चाँढै बाहिरिएको त्यो ८० वर्षमा पहिलो पटक थियो ।

पछिल्लो समय हंगेरी पनि उच्च फर्ममा रहनाका बावजुद जर्मनीले समूह चरण पार गर्न धेरै मेहनत गर्नु नपर्ने अनुमान लगाउन सकिन्छ । यही प्रतियोगिताको अभ्यास खेलमा आइसल्यान्डसँग १–० को नतिजामा पराजित भए पनि प्रशिक्षक मार्को रोसीको नेतृत्वमा हंगेरीले पछिल्लो समय राम्रो सुधार गरिरहेको छ । त्यो हारभन्दा अगाडि २०२२ को सेप्टेम्बरयता हंगेरी १२ खेलमा अपराजित थियो ।

कागजमा हेर्दा समूह ‘ए’ मा स्विट्जरल्यान्ड र स्कटल्यान्ड कमजोर देखिन्छन् । तर युरोपेली फुटबलमा कसैलाई पनि कमजोर आँक्न नमिल्ने सैद्दान्तिक पक्ष जर्मनी र हंगेरीका लागि बाधक बन्न सक्छ । अहिलेसम्म दाबेदार मानिएका दुईमध्ये कसैको नकआउट चरण यात्रामा स्विट्जरल्यान्ड वा स्कटल्यान्ड बाधक बन्न सक्ने यथार्थ युरोपेली फुटबलको विगतले बताउँछ ।

जर्मनी

जर्मनीले तीन पटक युरोपियन च्याम्पियनसिप जित्नुका साथै चार पटक विश्वकपको उपाधि उचालिसकेको छ । सन् २०१४ मा जितेको विश्वकप जर्मनीको लोभलाग्दो फुटबल इतिहासमा पछिल्लो उपाधि हो । विश्व फुटबलमा हुने सबैखाले ठूला प्रतियोगितामा सधै दाबेदार छवि प्रस्तुत गर्दैआएको जर्मनीको यात्रबा एक दशकअघि ब्राजिलमा विश्वकप जितेयता भने निक्कै फिक्का रहेको छ ।

युरो २०१६ को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको जर्मनी रुसमा भएको विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको थियो । जर्मनी कुनै पनि ठूलो प्रतियोगिताबाट यति चाँढै बाहिरिएको त्यो ८० वर्षमा पहिलो पटक थियो ।

कतारले सन् २०२२ मा आयोजना गरेको पछिल्लो विश्वकपमा पनि जर्मनीको भाग्य रुसको भन्दा फरक थिएन । पहिलो खेलमै जापानसँग पराजित भएपछि स्पेनसँग बराबरी खेल्नुका साथै कोस्टा रिकालाई हराए पनि टोली समूह चरण पार गर्न सफल भएको थिएन ।

टिममा ठूलै परिवर्तन गर्न नागेल्सम्यानले मोलेको जोखिमले तत्कालै प्रतिफल दियो । उनको उर्जाशिल तथा सफलताको भोको टिमले फ्रान्स र नेदरल्यान्ड्सजस्ता परम्परागत प्रतिद्वन्द्वीमाथि जित हासिल गर्यो ।

युरो २०२१ मा पनि जर्मनीको भाग्य फेरिएन । अन्तिम १६ को खेलमा इङ्ल्यान्डसँग २-० ले पराजित भएपछि जर्मनीको यात्रा अगाडि बढ्न सकेन । इङ्ल्यान्डले उक्त संस्करणमा फाइनल खेलेको थियो । जहाँ पेनाल्टी सुटआउटमा बाजी मार्दै इटाली च्याम्पियन भएको थियो ।

त्यतिबेलाका प्रशिक्षक हान्सी फ्लिकलाई २०२३ मा उल्फसबर्गमा जापानसँग ४-१ को नतिजामा पराजित भएपछि बर्खास्त गरिएको थियो । जर्मन फुटबल इतिहासमा बर्खास्तगी सामना गर्ने उनी पहिलो प्रशिक्षक बनेका थिए ।

फ्लिकलाई स्थानान्तरण गरेका नागेल्सम्यानले मार्चमा टिम पुर्नसंरचना गर्नुअघि चारमध्ये एक खेलमात्र जितेका थिए । ३६ वर्षे प्रशिक्षक नागेल्सम्यानले ११ खेलाडी परिवर्तन गर्ने क्रममा लियोन गोरेट्ज्का, सेर्गी जिनाब्री, माट हुमेल्स र निकलस सुइलीजस्ता स्थापित स्टारहरुलाई निकालेर बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुसन र लिगमा आश्चर्यजनक प्रदर्शन गरेको स्टुटगार्टका फर्ममा रहेका खेलाडीलाई टिममा समावेश गरेका थिए ।

 हंगेरी

टिममा ठूलै परिवर्तन गर्न नागेल्सम्यानले मोलेको जोखिमले तत्कालै प्रतिफल दियो । उनको उर्जाशिल तथा सफलताको भोको टिमले फ्रान्स र नेदरल्यान्ड्सजस्ता परम्परागत प्रतिद्वन्द्वीमाथि जित हासिल गर्यो ।

सन् १९७२ मा सेमिफाइनल पुगेपछि लामो समयसम्म हंगेरीको फुटबल संघर्षमय अवस्थामा रहयो । त्यसयता पहिलो पटक टोली २०१६ मा मात्र युरोपियन च्याम्पियनसिपमा छनोट भएको थियो । तर २०१६ पछि चाँही लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप खेल्दै गरेको रोसीको टोली समूह चरण पार गर्नेमा धेरै आशावादी छ ।

लाइपजिगका कप्तान विली ओर्बान र गोलकिपर पिटर गुलास्कीको गत वर्ष लिभरपुल सरुवा भएका पूर्व टिम सहयात्री डोमिनिक जोबोस्लाईसँग फेरि पूर्नमिलन हुने भएको छ ।

बायर लेभरकुसनमा पहिलो सिजन बिताउने क्रममै स्विस कप्तान ग्रानिट जाकाले अविश्वसनीय सफलता हासिल गरे । उनको टोलीले वितेको सिजनमा बायर्न म्युनिखको दबदबा समाप्त पार्दै लिग र कप गरि दुई उपाधि जित्यो । युरोपा लिगको फाइनलसम्मको यात्रा समेत गर्ने क्रममा टोलीले ५१ खेलको अपराजित यात्रा तय गर्यो ।

बुन्डेसलिगाको अनुभवका कारण फ्रेइबर्गका क्रिएटिभ फरवार्ड रोलान्ड सालाइको उपस्थितीले हंगेरीको टिमलाई जर्मनीमा खेल्दा फाइदा पुग्नेछ । स्टुटगार्टमा विश्वकप १९५४ को फाइनलको रिप्लेको रुपमा रहने जर्मनीविरुद्धको खेलमा सालाइको प्रदर्शन हंगेरीका लागि महत्वपूर्ण हुन सक्छ । १९५४ को त्यो फाइनलमा आश्चर्यजनक रुपमा कमजोर मानिएको पश्चिम जर्मनीले बाजी मारेको थियो ।

सन् २००९ मा यु-१७ विश्वकप जितेको छिमेकी स्विट्जरल्यान्ड देशको फुटबल इतिहासमा सबभन्दा सफल टोलीको रुपमा जर्मनी भ्रमणमा छ ।

 स्विट्जरल्यान्ड

प्रतियोगिताको पछिल्लो संस्करणमा स्विट्जरल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो । जुन प्रतियोगितामा टोलीको अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा थियो । त्यतिबेला सन् २०१४ यता फ्रान्सलाई कुनै ठूलो प्रतियोगितामा पराजित गरेर बाहिर धकेल्ने पनि स्विट्जरल्यान्ड पहिलो टिम बनेको थियो ।

बायर लेभरकुसनमा पहिलो सिजन बिताउने क्रममै स्विस कप्तान ग्रानिट जाकाले अविश्वसनीय सफलता हासिल गरे । उनको टोलीले वितेको सिजनमा बायर्न म्युनिखको दबदबा समाप्त पार्दै लिग र कप गरि दुई उपाधि जित्यो । युरोपा लिगको फाइनलसम्मको यात्रा समेत गर्ने क्रममा टोलीले ५१ खेलको अपराजित यात्रा तय गर्यो । पूरा सिजनमा लेभरकुसनले युरोपा लिगको फाइनलमा मात्र पराजय भोगेको थियो ।

कुर्कुच्चाको चोटका कारण स्ट्राइकर लिन्डन डाइक्स प्रतियोगितामा अनुपस्थित हुने भए पनि प्रिमियर लिगका प्रतिभाहरु कप्तान एण्डी रोबर्टसन, स्कट म्याक टोमिनी र जोन म्याकजिनको फर्मबाट टोली सम्मानजनक नतिजाको आशामा छ ।

गोलकिपर यान समरका लागि पनि वितेको सिजन इटालियन सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानमा सोचेजस्तै सफल रहयो । अमेरिकी मेजर लिग सकर (एमएलएस)को टोली सिकागो फायरबाट खेल्ने फरवार्ड शेर्डान शाकिरी स्विस टिमले आक्रमण र मध्य भागको रचनात्मक क्षेत्रमा भर गर्ने अर्का खेलाडी हुन् ।

जाका, समर र शाकिरी ३० वर्ष नाघिसकेका छन् भने अर्का महत्वपूर्ण खेलाडी म्यानचेस्टर सिटीका म्यानुअल एकान्जी पनि २८ वर्ष भइसके । स्विस फुटबल इतिहासको स्वर्णीम पुश्तालाई सुखद विदाई गर्ने हो भने टोलीले यसपाली युरोपियन च्याम्पियनसिपमा विगतको भन्दा ठूलो नतिजा हासिल गर्न सक्नुपर्नेछ ।

 स्कटल्यान्ड

समूहको सबभन्दा कमजोर मानिएको स्कटल्यान्डले शुक्रबार राती म्युनिखको एलियान्ज एरिनामा हुने उद्घाटन खेलमा आयोजक जर्मनीको सामना गर्नेछ ।

कुर्कुच्चाको चोटका कारण स्ट्राइकर लिन्डन डाइक्स प्रतियोगितामा अनुपस्थित हुने भए पनि प्रिमियर लिगका प्रतिभाहरु कप्तान एण्डी रोबर्टसन, स्कट म्याक टोमिनी र जोन म्याकजिनको फर्मबाट टोली सम्मानजनक नतिजाको आशामा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो