असार २०, २०८२ शुक्रबार | ०९:२३:०९
इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने

महिला फुटबलमा ठूलो फड्को, एपिएफ एएफसी च्याम्पियन्स लिग खेल्ने

काठमाडौं । नेपाली महिला फुटबलले ठूलो फड्को मारेको छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एसियन फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।

एएफसीले सार्वजनिक गरेको सहभागी २२ टोलीमा एपिएफले खेल्ने पक्का छ । जसमा विश्व विजेता जापानदेखि उत्तर कोरिया, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, भियतनाम, भारत, भुटानसम्मका क्लबहरु रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग च्याम्पियन एपिएफलाई सिफारिस गरेको हो ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट अगष्ट २५ देखि ३१ सम्म हुनेछ । समूहका खेलहरु अक्टोबर ६ देखि १२ सम्म हुनेछ । यस्तै, फाइनल खेल २०२५ मेमा हुने तालिका छ ।

एएफसीले जनाएअनुसार फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्र सिधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चरणमा तीन समूहमा समान चार क्लबहरु हुनेछन् । यसरी १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ । प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समुहमा तीन क्लब हुनेछन् ।

जोर्डन, मलेसिया, साउदी अरेबिया र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन् । समूह चरणको खेल चीन र भियतनाममा हुनेछ ।

समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा हुने एएफसीले जनाएको छ ।  

हाल एपिएफमा राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बासहित युरोपमा खेलिरहेकी सावित्रा भण्डारीसँगै सरु लिम्बू, अनिता केसी, रेनुका नगरकोटे, अनिता बस्नेत, हिराकुमारी भुजेल, छन् । 


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING