काठमाडौं । रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगबाट रेलिगेशनमा परेका छन् ।
लिग अन्तर्गत शुक्रबारको खेलमा स्वयम्भू क्लबले समाज कल्याण खेलकुद केन्द्रविरुद्ध ४-२ को पुनरागमन जित निकालेपछि रानीवन र गोलबजार एक खेल अगावै रेलिगेशमा पर्ने निश्चित भएको हो ।
१२औं चरण सकिँदा रानीवनको आठ र गोलबजारको सात अंक छ । उनीहरु क्रमशः १३ र १४औं स्थानमा छन् ।
एन्फास्थित सातदोबाटोस्थित एन्फा मुख्यालयमा स्वयम्भूलाई जित दिलाउन प्रकाश पुनले दुई तथा सुमन डंगोल र आशिष स्याङताङले समान एक गोल गरे । समाज कल्याणका लागि निरज परियारले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
जितसँगै १२ खेलमा १३ अंक जोडेको स्वयम्भू १२औं स्थानमा छ । पराजित समाज कल्याण समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ ।
खेलको १२औं मिनेटमा निरजको गोलमार्फत समाज कल्याणले अग्रता लिएको थियो । ४३औं मिनेटमा प्रकाशले स्वयम्भूलाई बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा सकिन गुरुङबाट आत्मघाती गोल हुन पुग्दा सामाजिक २-१ ले अगाडि बढ्यो ।
सुमनले ४७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा स्वयम्भू २-२ को बराबरीमा आयो । ७०औं मिनेटमा आशिषले स्यम्भ्भूका लागि तेस्रो गोल गरे ।
पाँच मिनेटपछि नै प्रकाशले ब्यक्तिगत दोस्रो गोल गर्दै स्वयम्भूलाई ४-२ को पुनरागमन जित निकल्यो ।