चैत्र १८, २०८२ बुधबार | ०८:२४:०६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

लगातार चौँथो जितको योजनामा आरसी ३२

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज (सोमबार) दुई खेल आयोजना हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो १ बजे सुरु हुने खेलमा बागमती युवा क्लब र स्वयम्भू क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विमल घिसिङको कप्तानीमा रहेको बागमती तेस्रो जित निकाल्ने दाउमा छ । तीन मध्ये दुई जित र एक बराबर खेलेको बागमती आजको जित निकाल्दै तेस्रो स्थानमै यथावत रहने योजनामा छ ।

स्वयम्भू भने एक अंकसहित १२औं स्थानमा छ । टोली बलियो बागमतीलाई रोक्दै नवौं स्थानमा उक्लने दाउमा छ ।

अपराह्न ४ बजे हने खेलमा आरसी ३२ फुटबल एकेडेमी र सामाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा रोहन कार्कीको कप्तानीमा रहेको आरसी ३२ लगातार चौथो जित निकाल्ने योजनामा छ ।

तीन खेलमा जित निकालेको आरसी ३२ नौं अंकसहित दोस्रो स्थानमा छ । सामाजिकलाई हराउँदै आरसी ३२ शीर्ष स्थानमा उक्लिने दाउमा छ । आरसी ३२ पाँच गोल गरेर एक गोलपनि नबेहोर्ने पहिलो क्लब हो ।

रेलिगेशन क्षेत्रमा रहेको सामाजिक युथ पहिलो जितको खोजीमा छ । तीन मध्ये दुई खेलमा पराजित सामाजिक एक अंकसहित पुछारमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो